~आचार्य प्रभा~
दशैंको त्यो रमझमलाई मनमा लिई हाँस्दैछु म
परदेशमा भए पनि अतितको याद साँच्दैछु म ।
फुले होलान् सयपत्री आँगनमा मुस्काउँदै
यता भने काँडाघारी मनमा पाली बाँच्दैछु म ।
घर आँगन सिगार्न सबै उता ब्यस्त होलान्
यहाँ भने झझल्कोको दागसम्म माँस्दैछु म ।
गाउँघरमा च्याब्रुङ्मादल घन्किएर बज्दैछन् रे
विदेशमा बिलापको गीत कथी नाँच्दैछु म ।
निधारमा आशिर्वादको टिका सबले टाँस्दै होलान्
प्रवासमा आसुँ सँगै आशिर्वाद टाँस्दैछु म ।
2012/02/12
(स्रोत : पिपुल्स टाइम्स दैनिक )