नमन अमृतका तीन मुक्तकहरू

~नमन अमृत ‘भु–वन’~Naman Amrit 'Bhuwan'

हर प्रश्न यहाँ समाधान यहाँ
झुठ सत्यबिच घमासान यहाँ
बिचको भुमरीमा भँमरा परे
छ चारैतिर तानातान यहाँ !

को आफ्नो को अर्को छानाछान यहाँ
पराइ सम्झी हानाहान यहाँ
आफुले आफैँलाई पदवी पहिर्‍याउने
स्व अभिमानको स्वाभिमान यहाँ !

गल्ती लुकाउँछन् जानाजान यहाँ
गुण्डा नाइकेलाई मानामान यहाँ
शक्तिको भरमा सारा राज चलाउने
म ठूलो तँ सानो ठानाठान यहाँ !

This entry was posted in मुक्तक and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.