~राजकुमार श्रेष्ठ ‘दीप’~
शून्य भयो गाउँ घर शून्य रह्यो बेसी
टीका थापी साईत गरी हिड्यो परदेशी ।
असारको रोपार्इँ सकी मंसिर कुर्दै थियो
कुन चोटले उनको मनमा घाउ बनाइदियो
मल्हम खोज्दै धाइरहन्थ्यो देउराली र बेसी
टीका थापी साईत गरी हिड्यो परदेशी ।
काफल पाक्यो चरी गाउँदा बिउ सुकाउथ्यो
वर्षा बादल साउन झरी यस्तैमा रमाउथ्यो
कर्म गर्नु पर्छ भन्थ्यो आफ्नै गाउँ बेसी
टीका थापी साईत गरी हिँड्यो परदेशी ।
शून्य भयो गाउँ घर शून्य रह्यो बेसी
टीका थापी साईत गरी हिंड्यो परदेशी ।
(स्रोत : सत्यतथ्य मासिक वर्ष २, अंक १, सेप्टेम्बर २०१३)