गजल : पाउँछौ के गरि ?

~रेनुका पौडेल “आहात”~Renuka Paudel 'Ahat'

मान सम्मान त्यै पाउँछौ के गरि ?
गइसकेको कुरा ल्याउँछौ के गरि ?

जिन्दगी सुम्पिदा तर्कियौ झर्कियौ
आज फर्कि नजिक आउँछौ के गरि ?

तिम्ले छोडेसि बदनाम झेल्दैछु म
लागेको दाग मेटाउँछौ के गरि ?

टुक्रिए आश बिश्वास मन भित्रका
सोहि सद्भावना पाउँछौ के गरी?

यो मुटुलाई आहत बनाएसि अब
प्रेमको गीत खै गाउंछौ के गरि ?

छन्दः भुजङ्ग प्रयात “बहरे मुतकारिब मुसम्मन् सालिम्
सूत्रः फाइलुन्, (ISS) x ४,

(स्रोत : बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब – फेसबुक पेज)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.