कविता : छेडिदिए हुन्छ

~किरण ‘विवश’~

छिया-छिया मुटु मेरो छेडिदेउ एक अर्को छेद, के फरक भो र –
हिजो लाचार थिएँ आज विवश भएँ, सहिदिन्छु फेरि के भो र –

तिमी टुक्र्याऊ, कुड्क्याउ, भाग लगाई बाँडिदेऊ, छ स्वीकार्य त्यो पनि
यदि खुसी हुन्छेऊ तिमी भने, कुड्केर भागमा तौलिन तयार छु म पनि ।

कुड्केर टुक्रेर भाग लगाउँदैमा छुटिन्छ, टाढिन्छ तिमीबाट यो मन कहाँ –
त्यागेर छोडेर नदीले पाखा लगाउँदैमा नदीबाट किनारा छुटिन्छ कहाँ –

पछ्याउँछु पछिपछि आरोह-अवरोह, जो-जसले बाटो छेकिदिए पनि
हरेक पल सामीप्य पाउँछु, दर्ुइ छेउको किनारबाट टाढा भए पनि ।

छेडिदेउ छियाछिया मुटुमा एक अर्को छेदले के फरक भो र –
हिजो लाचार थिएँ आज विवश भएँ, सहिदिन्छु फेरि के भो र –

पेप्सिकोला, काठमाडौं ।

(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.