गजल : एउटी परी पसेकी छिन्

~टिका खड्का ‘राष्ट्रप्रेमी’~Tika Khadka 'Rashtrapremi'

हिजोआज मुटु भित्र एउटी परी पसेकी छिन्
मेरो मनको मझेरीमा मुस्कुराउँदै बसेकी छिन् |1|

म के बयान गरु उनको यी गजलका सेरहरुमा ,
लाग्छ उनी स्वर्ग बाट यो धरतीमा खसेकी छिन् |2|

हरेक रात निदरीमा स्वप्न बनी आउछिन् अनि ,
कयौँ पटक ती अधरले यी अधरलाई डसेकी छिन् |3|

जहाँ जान्छु छायाँ बनि हुन्छिन् मेरै समिपैमा ,
नयनभरि राखी मलाई अंगालोमा कसेकी छिन् |४|

मधुमल्ला – ४, मोरङ

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.