कथा : जीवनको गोरेटोमा

~दीपेन्द्र शर्मा~

आज हामी उसलाइ भेट्न जादै थियौ।हो, उसको श्रीमानले हिजो फोन गरेर उ अहिले हस्पिटलमा भएको अनि उनिहरुलाइ पुत्रलाभ भएको कुरा सुनाएको थियो। मैले मेरी श्रीमतीलाइ यस अघि अदितिको बारेमा धेर थोर कुरा नगरेको होइन। तेसैले उ पनि मसङै जान्छु भन्दै थिइ। मैले पनि हुन्छ त, तिम्रो आज छुट्टी हो अलिकति शपिङ पनि गरौला अनि घुमघाम हुन्छ तेसमा पनि अदितिलाइ चिनजान गर,साथी हुन्छ भनेकोले उ फुरुङ थिइ। म बिहान उठिअरि घर नजिकको पार्कमा गएर फर्केको थिए। मलाइ चिया धेरै खानुपर्ने कुराको पुजाले सधैजस्तो किचलो गरे पनि उसले अन्त्यमा नबनाइदिइ धरै पाउदिन।मैले किन हो किन चिया पकाउन खोज्यो कि त कैले उम्लेर पोखिने त कैले सक्खर बढीहाल्ने भएकै हुन्छ।

उसले भान्छाबाट बोली- ला दुध सक्किएको रहेछ कालो चिया खानुस् ल।

मैले जवाफ फर्काए- तिम्रो जो मर्जी। मैले चिया खादै कम्प्युटरमा समाचार हेर्न थाल्दै गर्द उ किचेनबाट फेरि कराइ- हेर्नुस् त यसमा के रै’छ? दुबै जना काममा ब्यस्त हुने भएकोले, किचनमा के- के सामान छ न मलाइ थाहा हुन्छ न त उसलाइ नै। कहिले काहि चाही मैले उसलाइ पकाउन हेल्प गर्ने गर्छु तर अक्सर केटामान्छेजस्तै अलि अल्छि नै छु।

यही कुरालाइ लिएर बेला- बेला उसङ मेरो ठाक्ठुक पनि नपरेको होइन। उसलाइ फकाउन बरु बाहिरतिर रेस्टुरेन्टमा जानु सजिलो लाग्छ।म उसको कुरा तेसै टार्दिने भएकोले किचेनमा हेल्प तेति माग्दिन बरु पकाउन्जेल छोरीलाइ भुलाउने काममा उसलाइ सधै जस्तो हेल्प गर्नेगर्छु।

*************************************************

उसले किन कराएकी रैछ भनेको त-एउटा प्लास्टिकको पोकोमा केही भेटेकी रैछ जो अरु केही नभएर जुवानो मसाला थियो। मैले भने किन हल्ला गर्नुपरेको, तिमीले नै जुवानो को सुप खान मन लग्यो भनेर इन्डियनको पसलबाट मैले ल्याइदिएको त हो नि। यी लोग्ने मन्छेहरुको दिमागमा एस्तो कुरा कसरी पसोस्। अदितिलाइ यो भन्दा राम्रो गिफ्ट के हुन सक्छ- उसले भनी। म यसको झोल बनायेर टिफिन बक्समा लगिदिन्छु।हस्पिटलमा माइक्रो ओवनमा ततायेर सुत्केरीलाइ खुवाउनु पर्छ कति राम्रो हुन्छ।।हैन त? मैले भने- हुन्छ डार्लिङ। बरु छिटो जान पाए हुन्थ्यो, म आज फूटबल् हेर्न जानुछ पार्कमा, नेपाली भाइहरुको निम्तो छ के।

एत्तिकैमा म छोरीलाइ काखमा लिएर कोठामा एताउति गर्न थाले। उ भने ड्रेसिङ् रुमतिर लागी। अलि अबेर गरेको देखेर म चिच्याये- कत्ति फेशन शोमा जान लागे जस्तो ढिलो गरेको? उ भने भित्रबाट फत्फताउदै थिइ- कत्ति कराको, सक्काइसके। बाहिर निस्कदा उ हेरि रहु जस्तो देखिन्थी- नीलो सारी, हात्भरि चुरा अनि निधारमा बिन्दिया, सिउदोमा सिन्दुर्। मैले भने- वाह। तिमी, तिमी नै हो? उसले उस्तो सारी लगाउने त होइन कहिलेकाही सारीमा सजिन मन पराउथी, खासगरी नेपाली कार्यक्रमहरुजस्तोमा।

उसले कर्के आखाले हेरेर भनी- जिस्कीनु पर्दैन। खोइ छोरीलाइ अस्ति किन्देको लुगा लगाइदिनु त। उसले छोरीलाइ पनि नीलै रङ्को लुगा लगाइ दी। म भित्रबाट प्राम निकाल्न गए।उसलाइ मेरो ज्याकेट कुन्नि किन मन परेन अनि भित्र गएर नया ज्याकेट निकालेर ल्याइ। मैले सोधे- कैले किन्देकी तिमीले यो। उसले भनि-सरप्राइज?अस्ति आरमानिको सेल लागेको रैछ कि वेस्टफिल्डमा। ३ सय डलरको जम्मा १ सय सत्तरीमा ल्यायेकी। कस्तो छ, राम्रो छ? मैले भने- बहुतै नि। तिमीलाइ पैसा खर्च गर्नमा कसले पो जित्छ र? उसले भने मैले मेरो पैसाले किन्देकी हु, मलाइ तपाइले कत्ति किन्दुनु हुन्छ तर आफ्नो लागि कैले पनि केही किन्नुहुन्न। अति भो भनेर किनेर लिएर आयेकी। हुन पनि जिउमा ठ्याक्क फिट भयो। मलाइ लुगा किन्न आउदैन, कि धेरै सानो हुन्छ् कि त ठुलो। उसको छनोट मलाइ राम्रै लाग्छ पनि।

कार उसले चलाउछु भनी। बाटोमा शपिङ् मलमा गएर गिफ्ट किन्नु पनि थियो। उसलाइ फुल मन पर्छ, तेसैले एउट बुके फुल उठाइ । अनि बेबिवेअर् सेक्सनमा गएर लुगाहरु छान्न लागि।म भने प्राम् धकेल्दै सामानहरु हेर्दै थिए।एकछिन पछि उ चेक् आउट काउन्टरमा पुगिसकीछ अनि हेरेको त क्रेडिट कार्ड बाट पैसा तिर्नै लागेकि रहिछ। मैले भने, पुजा एकै छिन् ल, अदितिको एउटी छोरी पनि छ रे। म उसलाइ केही किन्दिहाल्छु। उसले रिसाएर लाइनबाट निक्ली। एत्तिकैमा म दुइ ओटा टेडी बिएर खेलौना लियेर उ सङ लाइनमा मिसिन पुगे। मलाइ देखेर उ च्याठिइ – किन दुइ -दुइटा नि? हाम्री छोरीलाइ पर्दैन कि क्या हो नि- मैले जवाफ दिए। हाम्रो गन्थन् सुनीरहेकि छेवैकी गोरी युवतीले के बुझी कुन्नि हास्दै थिइ।

*****

उसङको यो भेट चार बर्स पछिको हुदो हो। म जाडोको लागि हिटर किन्नु पर्यो भनेर टहलिदै थिए। अघि पछि हुदो हो त म र पुजा सङै हुन्थ्यौ यस्तो फुर्सदमा। तर आज छोरीलाइ चिसो लागेर सन्चो नभएको अनि रोएको रोई गरेकीले म मात्र एक्लै थिए। हार्वि नोर्मानमा के के नया इलेक्ट्रीकल् सामान् को सेल लागेको रैछ भनेर हेर्दै थिए। अचानक मैले उसलाइ देखे- ठिक्क परेको कद, सिल्की कपाल, गुलाबी रङ्को कुर्ता सलवार अनि उसको हसिलो मुहार। मैले चार बर्स अघि देखेकोभन्दा एउटा कुरा मात्रै अलग थियो। त्यो हो उ छिट्टै आमा हुनेवाला रहिछ। एकछिन हामी दुबैजना हेरेको हेरै भयौ। तेत्तिकैमा एउटा अधबैन्से मान्छे हातभरि किनमेलका सामान लिएर उसङ बोल्यो- अदिति अब जाउ होला। मलाइ उ अदितिको श्रीमान भएको कुरा अन्दाज गर्न गारो भएन।

उसले मलाइ परिचय गराइ- उहा मेरो साथी, कलेजमा सङै पढ्नुहुन्थ्यो। उसले भन्यो- लौ, तिमीले त कहिले पनि कुरा गरेनौ त। उहादेखिको साथी यहा यति नजिक हुदा पनि न खबर न सोधखोज्। उ हासी मात्र। मैले कफि खाने प्रस्ताब राखे। उसले अघि सरेर भनी- पछि कुनै दिन, हुदैन् र। उसको श्रीमानले भन्यो- कत्तिमा भेट भएको होला, जाउ न त। तिम्रो साथी, मेरो पनि साथी, गफगाफ पनि हुन्छ। कफि पछि थाहा भयो- उसको श्रीमान् एउटा बैकमा काम गर्दो रैछ।उ भने बिहे गरेपछि पनि धेरै नेपालमै बस्दि रैछ। एक् बर्स अघिदेखि मात्र यता बस्न थालेकी रैछ। कहिलेकही घर नजिकैको नर्सिङ् होममा काम पनि गर्दी रैछ्। कफि सकाएपछि हामीहरुले एक अर्काको फोन नम्बर शेयर गर्यौ। तपाइहरुको बच्चा भएपछि भेटन म आउला नि। बुहारीलाइ पनि लिएर आउनु नि- उसले थप्यो। मैले हुन्छ भन्दै बिदा मागे।

*****

अस्पतालमा उसको बेड पन्ध्र नम्बर बताएको थियो उसले। त्यहा पुग्दा अदिति बेडमा सुतिरहेकी थिइ। उसको लोग्ने नबजात छोरोलाइ काखमा लिइ गुनगुनाउदै थियो।कोठाभरि फुलका बुके अनि गिफ्ट प्याकेटहरु छरपस्ट थिए। हामीलाइ देख्ने बित्तिकै उ मन्द मुस्कानकासाथ बेडबाट उठ्न खोजी। यस्तैमा उसको लोग्नेले हामीलाइ देखेर बोल्यो- ओहो तपाइहरु! मेरी श्रीमतिले फुलको गुछा दिदै भनी- नमस्ते अनि बधाइ छ् है दुबै जनालाइ।

उसले मधुर हासोको साथ नमस्ते फर्काइ। मैले भने- उनी मेरी जीवनसङिनी। एत्तिकैमा उसले छोरो काखमा लिन चाही। पुजाले खै म दिन्छु भनेर लिई- छोरो निक्कै स्व्स्थ देखिन्थ्यो। पुजाले भनी- कस्तो क्युट बाबु। उ मक्ख पर्यो। मैले उसलाइ सोधे- कस्तो छ तिमीलाइ। उसले आफु कति दिनदेखि सुत्न नपायेको र निद्रा नपुगेर जिउ यसै आलस्य भएको सुनाइ। पुजाले थपी- आमा बन्न कत्ति गारो छ, यी लोग्नेमान्छेहरुलाइ के थाहा है अदिति।

हामी कुरा गर्दै गर्दा एउटी करिब ४ बर्स जतिकी सानी पुतलीजस्ती बच्ची दगुर्दै कोठामा आइ। कोठामा नया मान्छेहरु देखेर उ अलि लाज मान्दै अदितिको आडमा गएर बसि। छोरी अन्कल आन्टीलाइ नमस्ते भन – उसले छोरीको कपाल सुम्सुम्याउदै भनी। मसिना कोमल हातहरु जोडेर मायालु स्वरमा उसले बोली- नमस्ते अन्कल्, नमस्ते आन्टी। मैले छोरी ठुली भए भने। मैले प्रामको पछाडीबाट खैरो रङ्को टेडि बियर लियेर उसलाइ दिदै भने- यो तिम्रो लागि। उसले पुलुक्क मम्मितिर हेरि। मम्मिको स्व्विकृतिपुर्ण हेराइपछि मात्र उसले त्यो बस्तु मेरो हातबाट लिइ। केहीबेरको गन्थनपछि प्रामबाट च्याहा आवाज आयो- मतलब हाम्रो खलबलले छोरीको निद्रा भङ भएछ। त्यो देखेर उसले टेडी बियर छोडेर प्रामतिर दगुरि-बाबु, बाबु। उसले छोरीलाइ काखमा लिन खोजी। बाबु होइन, यो त प्यारी बैनी हो नानु।

म र बच्ची दुबै कुरा गर्दै गर्दा पुजाले आफुले ल्यायेको जुवानोको सुप ल्यायेको कुरा निकाली। यो सुनेर खुसी हुदै भनी- वाह, कस्तो आमाको याद आयो। उसको श्रीमानले माइक्रो ओभनमा तताएर ल्याउछु भनेर गयो। मलाइ उसकी छोरीसङ बालसुलभ कुरा गर्दा अर्कै अनुभुति भै रहेको थियो। एत्तिकैमा कोठानै मग्मग हुने गरी जुवानोको झोल लियेर उसको श्रीमान आयो।यो देखेर उसकी छोरी बाबुको पछि पछि लागि। उसले म पनि खाने भनेर तातो भाडोलाइ झन्डै समातेकी।अदिति चिच्याइ- आचल, के गरेको पोल्छ है।

अदितिको त्यो आवाज सुनेर म छागाबाट खसेझै भए। पुजाले छक्क पर्दै भनी- कस्तो सन्जोग है, हाम्री छोरीको नाम पनि आचल नै हो। त्यसबेला अदितिको अनुहारको रङ पनि उडेको थियो।

*****

अदितिसङको चिनजान करीबन पाच-छ बर्स अघिदेखिको हो। म पोखरामा पढाइ सकेर काठमान्डुमा भर्खर भर्खर आएको थिए। कलेजको लाइफसङ तेत्ति घुलमिल भै सकेको थिईन। म अलि अलग किसिमको नै थिए। अरु युवकहरुजस्तो केटीसाथीहरु बनाउने अनि हा हा हु हु गर्ने जस्तो कुरामा अलि पछि नै थिए। उसङ मेरो पहिलोचोटि आखा जुधेको दिन ममा किन किन अर्कै लागि रहेको थियो। उ तेस्तो बिछटै सुन्दरी त होइन। तर पनि उसमा केहि चार्म थियो जसले मलाइ उ प्रति आकर्शित गरिरहेथ्यो। त्यसको केही दिनसम्म मैले उसङ हेराहेर गरेपनि बोल्ने हिम्मत गर्न सकिन। अनि अचानक उ एक हप्ता सम्म कलेज आइन। एक दिन म लाइब्रेरीमा बसेर ‘दि इकोनोमिस्ट’ पढ्दै थिए। एक्कासि केटीको आवाज सुने- हाइ। मैले पनि फर्काए- हेल्लो। म बिस्वास गर्न सकेको थिइन उ मसित कुरा गर्छे भन्ने। कारण रहेछ- बिरामी परेकोले कलेज आउन नसकेको र असाइन्मेन्ट् गर्ने आइडिया लिउ कि भनेर रे। क्यन्टिनमा गएर चिया पिएपछि हामीबीचमा मित्रताको ढोका खुल्यो। त्यो दिन देखि हाम्रो भेटघाट बिस्तारै बाक्लिन थाल्यो। हामी कलेज नभएको दिन पनि भेटेर कहिले दक्षिणकाली त कहिले फिल्म हलमा जान थाल्यौ।

हामि यति अगाढी पुगेछौ कि हामीबीच बिहेदेखि हनिमुन कहा जानेसम्मका योजना बनिसकेका थिए। म जिस्केर भन्थे- मलाइ त धेरै छोरा छोरी मन पर्छ। कम्तीमा ४-५ सन्तान दिनु पर्छ है तिमीले। उ हासेर बढिमा २ जना- एक छोरा एक छोरी त्यो भन्दा बढि त अर्को जनम नभए अर्की ल्याउनू। कुरै कुरामा मैले पहिलो सन्तान छोरी भए घरमा लक्षीन हुन्छ भन्थे उ भने छोराको पक्ष्यमा थिइ। पहिलो छोरी भए- नाम आन्चल राख्नु पर्छ है। उसको जवाफ थियो- एस्तै दिउसै सपनामात्रै देख्ने कि बिहेको कुरा पनि गर्ने महाशय। मैले बिहेको लागि तिम्रो हात माग्न अवश्य आउछु, तर पहिले आफ्नो क्यारियर त बनाउ भन्थे।

त्यो दिन हामी लङ ड्राइभ् जाने प्लान बन्यो। हामी धुलिखेल जादै थियौ।बाटोको मनोरम दृस्य अनि हरियाली खेत, मोटरबाइकमा पछाडि उ, यी सबै पाएर मलाइ असीम आनन्दको अनुभुति भै रहेको थियो। बीच बीचमा मैले जानी जानी एक्कासी ब्रेक् हान्दा उ हुत्तिएर मसङ चपक्क टासिन आइपुग्थी। मलाइ अर्कै आनन्द हुन्थ्यो तर उ रिसाएर म जान्न तिमीसङ् भन्थी। अनि फकाइ फकाइ अब गर्दिन भनेपछि फेरि शान्त हुन्थी। मलाइ उसको रिस पनि माया नै लाग्थ्यो। दिनभरि घुमिवरि अब फर्कने बेलामा हामीलाइ थाहा भो- दुइ बालकलाइ बसले किचेर मारेछ। तेस्को बिरोधमा जिल्ला बन्दको घोशणा भैसकेको रैछ्। यो सुने पछि उ रुन थाली। मैले भने अब एतै रिसोर्टमा बसौ। भोलि बिहानै जाउला। अ कत्ति सजिलो है। मैले घरमा के भन्ने नि- उसले आखा तरि। साथीको घरमा बस्नु पर्ने भो भनन। उसले हिम्मत गरेर फोन लगाइ। कुरो मिल्यो। उ अलि ढुक्क देखिइ।

रिसोर्ट्मा रुम बूक् गरेर हामी भित्र छिर्यौ। म तातो पानीको शावर लिन चाहन्थे। म बाथरुमबाट निस्केर टिभी अन गर्न् थाले। एम टिभीमा लेडी गागा ‘पोकर फेस’.. ‘पोकर फेस’ गाइ रहेकी थिइ। उ म पनि शावर लिन्छु भनेर टावल लिएर बथरुममा छिरि। मैले भने म पनि आउ। उसले बोली- धत, लाज् लाग्छ्। अलि बेर पछि उ टावलले बेरिएर बाथरुमबाट निस्की।पानीले भिजेको उसको सिल्की कपालबाट पानीका बुन्दहरु उसको शरीरको अग्रभाग तिर छलाङ् मारी रहेको दृस्य खपिनसक्नुको थियो-मानौ कुनै अप्सरा पृथिवीमा झरेकी हो की जस्तो। मैले उसलाइ यो रुपमा पहिलोपटक देखेको थिए। म अलि उत्तेजित भए अनि उसलाइ ती रसिला ओठमा किस गर्न खोजे। टावेललाइ समाउन खोज्दै उसले भनी- एतिमात्रै है,बाकी चाहि बिहे पछि ल।। तर मेरो पुरुसत्व जागिसकेको थियो। उ नाइ भन्दै थिइ, मैले उसलाइ अङालोमा बेस्सरी कसे अनि उसको टावेल कतिबेला झर्यो पत्तै भएन। जब हामी होशमा आयौ तब गल्ती थाहा भयो। उ बेस्सरी रुन थाली। मलाइ सारै नमज्जा लाग्यो। मेरो छातीमा उसको शीर राखेर धेरैबेर सम्झाएपछि मात्र खाना खान मानी।

*****

यस्तैमा मलाइ बिदेश जाने अबसर मिल्यो। किनमेल करिब सकिसकेको थियो। भोलिको फ्लाइटको कन्फर्मेसन भएको कुरा बुवाले बताउनुभएपछि मलाइ कस्तो कस्तो लाग्यो। म भने उसलाइ सम्झिरहेको थिए। तेस्तैमा मोबाइलमा घन्टी बज्यो। उसैको फोन रहेछ। उ अलि आत्तिएकी लाग्थ्यो।उसले बगलामुखिमा भेट्ने कुरा गरी। म त्यहा पुग्दा उ पहिले नै पुगिवरि मन्दिर को दर्सन गरीसकेकी रहिछ। एक् छिन पछि उसले रुदै भनी- हामीले गल्ति गरेको फल पाउने भयौ। किन के भो?- मैले आश्चर्याभावमा भने। म आमा बन्नेवाला छु। त्यो सुनेर म एकछिन शुन्य भए। केही बेर मैले केहि पनि बोल्न सकिन। मैले हामी अहिले बिहे गर्ने परिस्थितिमा नभएको र आफ्नो क्यारीयर् पनि हेर्नु पर्ने बताए। उसले बिहे गरु भन्नेमा जिध्दी कसि। मैले सम्झाउन खोजे- अहिले बिहे गर्नु हामी दुबै जनाको भबिस्य बिगार्नु हो। तेसैले हामी अली कठोर बन्नै पर्छ। तेसको मतलब मैले एबोर्सन् गर्न पर्छ भन्न खोजेको?- उ अलि झोक्किइ। मैले भने- तिमीले मलाइ कुर्नु पर्छ। म केहि बर्सपछि आएर बिहे गर्छु अनि सब् ठिक भै हाल्छ। उ भने एबोर्सन गर्ने कुरा सोच्न पनि सक्दिनथी। तर हामी सामु अरु बिकल्प पनि त थिएन। म उसलाइ सम्झाउदा थाकेपछि म जान्छु मेरो भोलिको फ्लाइटको तयारी गर्नु छ भनेर हिडे।

म उडने दिन उसको फोन कुरिरहे। मैले गर्न् खोजेको उसको फोन स्विच अफ थियो। फेरि एयरपोर्ट बाट उसको घरको फोन लगाए। तर उसले बैनीलाइ घरमा छैन भन्दे भनेर मेसेज छोडेकी रहिछ। म उसङ हिजोको लागि माफी माग्न चाहन्थे। म बिदेश पुगेपछि पनि फोन गर्न खोजे। तर मेरो आवाज सुन्नासाथ फोन काटीदिन्थी।केही दिनपछी उसकी बहिनीसङ कुरा गर्दा थाहा भयो- उसको त बिहे भो रे।

******

June 26th, 2010

-दीपेन्द्र शर्मा, सिडनी

(स्रोत : Mysansar.com)

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.