~इलामेली टीकाराम दुलाल~
छन्द : भुजङ्गप्रयात
तिमी भद्रतारा मता जून हुन्छु
उतै बास मारे मता रून्छु रून्छु
सधा साथ साथै बसौला भनेर
कहाँ हुन्छ राजा तिमी दूर् बनेर ।१।
भनेको थिए यादले यादले त्यो
अरू खास केही कुरा हैन भाको
सतायो तिमीकै मिठो यादले जो
र पो भेट्न खोजेँ तिमी प्राण मेरो ।२।
तिमी आउदैछौ भनेको सुनेर
सजाकी छु सप्ना हजारौ बुनेर
म सुन्दैछु रात्री उतै आज काट्छौ
मलाई भने खै मिठो साथ ढाट्छौ ।३।
सके सम्म आऊँ भनेकोछु मैले
सताई भनेरै नसोचे नि कैले
मिठो याद तिम्रो यसैमा रमाई
बसौला नि आशा दिलैमा जमाई ।४।
बिना क्रोध आफ्नो सधै ख्याल गर्नु
छ बाटो खराबी सधै भर् नपर्नु
निस्वार्थी सयोगी कमै हुन्छ मान्छे
सफा मन् भएको कमै हुन्छ मान्छे ।५।
म बाटो नियाली बसेको हुनेछु
तिमी आउने हर्षले दिल् धुनेछु
प्रिए आजनै भेट हुन्छ भनेर
बसेकी छु लौ बेहुली झै बनेर ।६।
२०७३।०८।१४ गते रोज २
इलामेली टीकाराम दुलाल
काठमाण्डौँ
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )