~लोक राज भट्ट~
अचेल ठिक छैन गुरु चेलाको सम्बन्ध
यदी तिम्रो एक झल्को सम्झाइले
कोही जिबनको उकाली उक्ल्यो भने,
तिमी त पछारिकै महसुश गर्छौ होला।
त्यसैले भुल जतिसक्छौ भुल
सबै भुलिदेउ ,
तनाबका घैलाहरु बोकेर
किन सम्झिनु जिबनका कुइनेटाहरु।
छोराहरु गोरा भएर होला
आश्रमको बासमा मिठो गास पाइन थालेदेखी
घरबारी भुल्दैछन बुढ्यौलिहरुपनी।
तिम्रो सम्झाईमा बिलकुल दरार छ
असारे बिकास पर्खेका
राजनितिका ठेकेदार जस्तै
नपर्ख खुसामदका पैतालाहरु।
अचेल गोजी नभएकाहरु
गैगुज्रिएझै लाग्छन बडाहरुको नजरमा
त्यसैले तिमी पनी केही पायौ भने मात्रै सम्झिनु।
अभाब होस या सम्पन्नता
एक चिर्कट मनबोकेर जिबनका गितहरु पोख्दै
पटक पटक सम्झिने त
सडकका बहुलाहरुमात्रै हुन
तर तिमी नसम्झनु।
नभुल्ने को छ र
बर्खाले पनी त भुलिदिन्छ
हिउदका पारिलादिनहरुलाइ
र त
घामापानीको रमिता हेरिरहन्छ इन्द्रेणिलेपनी,
दुखका पहाडहरु तान्दा तान्दै
धर्तिचिरेर भोक टारेका गोरुहरु पनी
जब बुढ्यौलिमा घास चपाउन सम्म सक्दैनन
तब रिथेले पनी त भुलिदिन्छ,
यहाँ भुल्नेका कहानिहरु कम छैनन
केही रिणको आशामा जिबन ब्याज चढाएकाहरुले पनी पैतला नछोए सम्म भुलिदिन्छन सौकारहरुले
बुढाभएका
मिजारहरुलाई ।
बुद्धको बात्शल्य राहुलले मात्रै भुलेको हैन
लब र कुशका कहानी पनी उस्तै हुन।
तर यो कस्तो भुलाइ हो
भुलाईको फरक घेरा भित्र
म तिमीलाइ सम्झिदै टोपलिदा आफैलाइ भुल्छु
जसरी थोमसले पनी भुलेका थिए रे आफैले आफैलाइ
तर हामिलाइ तिमी मात्रै किन भुल्छौ
यो गरिबीले पनी
भुलिदियो भने
निस्तै जाउलो चपाएर निदाउन पर्दैनथ्यो
बुदाभएका मिजारहरुले
त्यसैले अब कसैका पनी बेकार सम्झनाहरु बाकी रहनु हुन्न
अब सबै भुलिदेउ
त्यसपछी हामीपनी सुसेल्ने थियौ जिन्दगिको किनारामा
सबैको सम्झनामा
एउटा छुटै भुलाइको गित ।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)