~रुमन न्यौपाने ‘अमन्त’~
निःसन्देह उनका हातहरुले स्र्पश गरे भने
एकलाशमा !
म भित्र प्रबाहीत हुने थियो ।
मैले चिन्ने छु कोसांै दुरी बाट
अझै बेदना लुकेको छैन
पिरोल्लीएको मन बुझेको छैन
स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।
अर्को कोशिस तिम्रो बोली सुन्न,
दुरुस्त !
कबितात्मक लयमा गाईएका गितहरु
मैले फेरी सुन्न सक्छु कोर्सौ दुरी बाट ।
अझै रच्न छोडेको छैन ।
असन्तोशको मुहान थुनीएको छैन ।
स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।
झस्काउँछ तिम्रो सानर््ैर्दयताले पासो थापे भने ।
सन्नाटामा !
म भित्र दौढीन्छन् खुसीका रेखाहरु
मैले देख्नेछु कोर्सौ दुरी बाट
अझै आकार भुलेको छैन
समय परीर्बंतन भएको होईन ।
स्पर्श ति हातहरुको सुगन्ध अझै भुलेको छैन ।
उनका हेराईहरु फेरी म माथि अडीएभने ।
एकटकले !
ढकमक्क बगैंचा फेरी फुल्ने थियो
मैले टिप्न सक्छु कोसौ दुरी बाट ।
अझै पुग्न छाडेको छैन ।
पिरोल्लीएको मन बुझेको छैन ।
स्पर्श ति हातहरुको न्यानो अझै गएको छैन ।
नागबेली कंही कतै उस्तै चालमा हिड्यौ भने ।
मेरो बाटो भएर ।
म भित्र उर्लन्छन खहरे र खोलाहरु ।
म बोलाउने छु कोसौं दुरी बाट ।
अझै आशा मरेको छैन
भ्रमीत भएर म भुलेको छैन ।
स्पर्श ति हातहरुको न्यानो अझै गएको छैन ।
……..ज्नबरी १७ २०१०
(स्रोत : रचनाकारको ब्लगबाट सभार)