~लिल बहादुर खत्री ‘ललित’~
हरियालिनि कुनै वेला उजाड लाग्दो रहेछ
मन सुन्य भएपछि विरह जाग्दो रहेछ ।
हराएका खुसिहरु एकान्तमा खोज्दा-खोज्दा
खै कुन्नि आफै किन वैराग लाग्दो रहेछ ।
स्वार्थि संसार आडम्वरी बनिसकेछ याहा
मनमा घाउ वल्झे पछि मनमै पाक्दो रहेछ ।
सान्त्वना छैन याहा सबैतिर ईर्ष्या मात्रै
सपनाहरु तुहिए पछि रहर भाग्दो रहेछ ।
छोड्दैन कहिले अतितले जति पर फाले पनि
एकान्तमा हुदा झन विरह जाग्दो रहेछ ।
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )