~त्रिभुवनचन्द्र वाग्ले~
ए दाजु तिम्रो गाउँ र
मेरो जन्म ठाउँ
नजिकै हो नि
तर के गर्ने
म पयरले सयर गर्छु
तिमी विचारले विचरण गर्छौ
यति भनेपछि भन्नुपरेन
म आकार हुँ
तिमी निराकार
म माछापुच्छ्रे हेर्न तिम्रो गाउँ आउँछु
तिमी माछापुच्छेलाई टोपी बनाएर शीरमा लगाउँछौ
यति भनेपछि भन्नु परेन
म आखाँले देख्छु
तिमी मस्तिष्कले देख्छौं
म पाँचफिट सात इन्च अग्लो
दाइ उठेको÷अग्लेको देखेको छैन
यति भनेपछि भन्नु परेन
म तिम्रो विहानी घाम छेक्ने अर्घौं हुँ
तिमी विहानी सूर्यमा रङ्गिन लालयित फेवा हौ
थाह छ अग्ला अर्घौं पहिरिएका घटना
तर सुनेको छैन
गहिरा तालहरू झुकेका÷सुकेका कथा
यति भनेपछि भन्नु परेन
अर्घौं पहिरिन सक्छ–आकार
फेवा गहिरिन सक्छ–निराकार
तिमी गुड्ने ह्विलचियर कविता सङ्ग्रह हो
म दौडने गोडा सङ्ग्रहको एक अनुच्छेद हो
यति भनेपछि भन्नु परेन दाइ
तिमी पूर्ण हौ–विजय
म एकतिहाइ हुँ–त्रिभुवन ।
त्रिभुवनचन्द्र वाग्ले
२०७३ मङसिर ११ गते
कवि विजय बजिमयप्रती समर्पित कविता
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )