गजल : म दलित भएर….

~डम्बर जङ मल्ल ‘आँसु’~Dambar Jung Malla Anshu

आज मेरो घरको दुध किनिदैन म दलित भएर
समाजमा मेरो मेहनत चिनिदैन म दलित भएर

उस्ले र मैले पुज्ने त्यो मन्दिरको भगवान एउटै
उ चोखो म जुठो मलाई लगिदैन म दलित भएर

काटे रगत रातो फरक के मा देख्यौ बुझिन मैले
भिन्नता हामीमा, साथ खाहिदैन म दलित भएर

म हुर्काउछु फुल उस्ले टिपी लादा चोखो मन्दिरमा
मैले छुदा अछुत मन्दिरमा राखिदैन म दलित भएर

भन्छन सबै समान,जातभात सुडिबादी तोड्नु पर्छ
अझै समाजमा समानताले हेरिदैन म दलित भएर

डम्बर जङ मल्ल (आँसु)
लम्जुङ कुन्छा १ देउराली

(स्रोत : Kuwaitnepal.com)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.