~चन्त वनेम~
अनेक थरिका ढाँचा अनि प्रकार
घरमा मिलेर बस्छन् आ–आफ्नो परिवार
घरै घरको निमार्णले बन्यो सहर
परिवारको सुमुधुर मिलन केन्द्र हो घर
विश्वासको जग हो सबैको यसमा भर
सुरक्षाको पहिलो सिँढी हो घर ।
प्राचिन वासस्थान सायद गुफा र ओढार
आवश्यकताको गतिसँगै बनाए घर
छतको विकल्पमा बन्न गयो घर
घर रहर नभएर लाग्यो सबैलाई कर
घर बन्दै गयो लस्करै वरपर
गाउँघरमा घन्क्यो सामाजिक लहर ।
घर कतै सिसाको टलक्कै टल्कने
बत्तिको लस्करले स्वर्गपुरी झल्कने
गगनचुम्बी महल हेर्दै टोपी झर्ने
फ्याङला झुप्राहरुमा वत्तिले प्रकाश छर्ने
चित्राहरुका छाना कतै छाएको खरले
सिंगो परिवारलाई एकसुत्रमा बाँध्ने घरले ।।
विहानीपखसँगै सबै लाग्छन् वरपर
साँझ परेपछि फर्किनु पर्ने आफ्नो घर
घरमै गरिन्छ विचार विमर्श राय
घरविहिनलाई दिन सकिने आश्रय
घरलाई माया गरौ प्यारले
नाममा सुवास छर्छ निजी घरले ।
घरलाई सम्हालौ कर्तव्य र निष्ठाले
नामलाई उँचो पार्छ समाजमा प्रतिष्ठाले
जीवनको सुरुवात अन्त पनि घरैमा
सम्मान गरौ घरलाई बिवेक पु¥याउँ बेलैमा
घर पवित्र मन्दिर हो पुजा गरौँ भक्ति र श्रद्धाले
घरका प्रत्येक वस्तु सुमसुम्याउ सजाउ मनले ।
(स्रोत : सत्यतथ्य मासिकको वर्ष २, अंक ३ डिसेम्बर २०१३)