कार्यपत्र : समकालीन नेपाली गजल २०६८को संछिप्त विवेचना

~सदानन्द अभागी~Sadananda Abhagi

परिचय

समकालीन नेपाली गजलको सम्पादन बरिष्ठ गजलकार, हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष, हाम्रो मझेरी, पुष्पाञ्जलि, गजलविम्ब, गजलदीप, गजलयात्रा (१) गजलयात्रा (२), गजलगङ्गा, समयका स्वरहरूका सम्पादनकर्ता पुष्प अधिकारी अञ्जलिबाट भएको हो। बास्तबमा नेपाली गजलको इतिहासलाई केलाउने हो भने मोतीराम भट्टले १९४०मा गजललाई नेपालमा भित्र्याए र २००२सम्म गजलले नेपालमा खुट्टा गाड्यो। २००२ देखि २०३५सम्म नेपाली गजल गुप्तबासमा रह्यो अर्थात गजलले गति लिन सकेन जसलाई हामी नेपाली गजलको विलुप्त कालको रूपमा गणना गर्दछौं। त्यसपछि बि.संस २०३५साल असौजको रूपरेखा पत्रिकामा प्रकाशित ज्ञानुवाकर पौडेलको तीन शेरको रचनालाई आधुनिक गजलको रूपमा ग्रहण गरिएको छ र २०३६ सालदेखि नेपाली गजलको ज्ञानुवाकरको आधार लिएर पुनर्जागरण कालकोरूपमा लिइन्छ। बि.सं. २०५१देखि हालसम्म उर्बरक कालमा गणना गरिएकोमा, यो काललाई पुष्प अधिकारी ‘अञ्जलिले गजलमा ल्याएको क्रान्तिलाई बि.सं. २०६०लाई आधार बनाई गजलको क्रान्तिकारी चरणभन्दा पुष्पको साहित्यप्रतिको लगावको मूल्याङ्कन पनि हुने र यसलाई नि:सङ्कोच स्वीकार्नु जरुरी भएको अवधारणा बिर्खे अन्जानले राखेका छन्। गजलको कालक्रमिक विभाजनलाई समकालीन नेपाली गजलमा पुष्प अधिकारी अञ्जलिले नेपाली गजललाई डाक्टर घनश्यम परिश्रमीको उदाहरण दिंदै तीन चरणमा विभाजन गरिएको छ भने शिव प्रणतले भने नेपाली गजलको कालक्रमिक विभाजनलाई चार भागमा विभाजन गरेको पाइन्छ।

कालक्रमिक विभाजनको स्वरूप
घनश्याम परिश्रमिकको विभाजन
पुनर्जागरण चरण बि.सं साल २०३५देखि २०४१सम्म
गतिशील चरण बि.सं साल २०४२ देखि २०५०सम्म
विकासशील चरण बि.सं साल २०५१ द्येखि हालसम्म

शिव प्रणतको विभाजन
प्रथम चरण (प्रारम्भिक काल), बि.सं साल १९४० देखि २००२
द्वितीय चरण (बिलुप्त काल) बि.सं साल २००२ देखि २०३५
तृतीय चरण (पुनर्जागरण काल बि.सं साल २०३६ देखि २०५०
चतुर्थ चरण (उर्बरक काल अर्था विकास काल २०५१ आजसम्म

भनिएको पनि छ कि काल क्रमिक विभाजनमा सबै एकमत नरहेको र कसैले ज्ञानुवाकर पौडेलभन्दा पूर्व र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि हामीले अध्ययन गर्न पाउँछौं भने कसैले भीमनिधि तिवारीलाई केन्द्र मानेर पूर्व र उत्तर गरी दुई कालमा बिभाजन गरेको पनि अध्ययन गर्न पाइन्छ। कसैले त्रिकालीन बिभाजनमा मोतीराम देखि भीमनिधि तिवारीसम्म प्राथमिक काल, भीमनिधिदेखि ज्ञानुवाकरसम्म माध्यमिक काल, ज्ञानुवाकर पौडेलदेखि आधुनिक काल भनी विभाजन पनि गरेको पाइन्छ। डा. घनश्याम परिश्रमीको विभाजनमा प्रथम चरण (प्रारम्भिक काल), गजललाई मोतीरामले भित्र्याएर स्थापित गरे देखि द्वितीय चरण (बिलुप्त काल) जुनबेला गजल लेखन प्राय थिएन भने पनि हुन्छ, गणनामा देखिदैन। २०५१ देखि यताको कालमा गजल लेखनको काम तीब्ररूपमा भएको छ र यस समयको गजल लेखनलाई पुष्प अधिकारी अञ्जलिको लेखाईमा– ‘झण्डै २, ००, ०००जति स्रष्टाले गजलमा कलम चलाएको पाइन्छ भने ४, ०००जति गजलका सङ्ग्रहहरू प्रकाशि भएको अनुमान गर्न सकिन्छ।’ यसरी नै नवराज लम्सालले शुभकामना क्रममा लेख्नुहुछ २०हजार गजलकार छन्। आजका गजलकार र गजल कृतिहरूको संख्या नै कति भनी आङ्कलन गर्न सकिने अवस्थामा छैन किनकि देश, प्रदेश, जहाँ नेपाली साहित्यिकमनहरू पुगेका छन् त्यहाँ साहित्यिक कृयाकलापहरू भै नै रहेका छन् र सबै ठाउँ नै गजलमय भएको छ। पुष्प र नवराजको तथ्याङ्क बाझएको कुरालाई यो पक्तिकारलें पुष्पसँग टेलिफोनमा जिज्ञासा राख्दा नवराजको तथ्यांक पुरानो (रेडियो नेपालमा नवराज कार्यरत हुँदाको) र उनको तथ्याङ्क वर्तमान रहेको जानकारी प्राप्त भएको व्यहोरा अनुरोध गर्न चाहन्छु।

त्यसो हुँदा आजको नेपाली गजललाई कालक्रमिक विभाजनमा विभाजनको लागि विभाजन नभै न्यायोचित विभाजनको आधारमा जानु आवश्यक छ। नेपाली गजलले आज आएर २०६० यता पाँचौं चरणमा (गजल लेखनको क्रान्तिकारी चरणमा) प्रवेश गरेको छ भन्नु अतियुक्ति नहोला। यसमा मैले २०६० एताको गजल लेखनले आजको युग, लेखाई, सामाजिक, आर्थिक, राजनैतिक, भौगोलिक, विश्वव्वापीकरण घटना आदिलाई आत्मसात गरेर, हिजोको गजलको मान्यतामा प्रेयसीको गुणगान नभै विविधतमा गजल लेखिएका छन्। समाजमा धेरै परिवर्तन आएको छ। गजल लेखनमा पनि परिवर्तन आएको छ। यसलाई समयसापेक्ष मूल्याङ्कन हुनु आवश्यक छ भन्ने मेरो मान्यता हो।

समकालीन नेपाली गजलभित्र पस्दा समकालीन नेपाली गजल २०६८को विषयसूचीमा प्रवेश गर्दा शुभकामनाक्रम र स्रष्टाक्रम भनी दुई भागमा विभाजन गरेको देखिन्छ। शुभकामनाक्रममा सम्पादकीय र भूमिका स्वय म सम्पादक पुष्पअधिकारी ‘अञ्जलि’ले लेखेका छन्। अधिकारीले परिचर्चामा ‘आजको युवापुस्ता गजलको भविष्य हो’ भनेका छन् र उनको जस्तो भनाइ छ त्यस्तै गराइ छ। देशभरीका युवापुस्तालाई गजलमा शरिक बनाएर, पुरस्कृत गरेर, अभिनन्दन गरेर, यिनले देश नै गजलमय बनाएका छन्। परिचर्चामा गजलको परिचय दिने काम भएको छ। समकालीन नेपाली गजलको संरचनागत स्वरूप उपशीर्षक दिएर लेखनमा पूरै देश गजलमय भएको छ भनेका छन् । बास्तवमा गजलज्ञाताहरूले यसको अध्ययन हुन आवश्यक छ किनकि अलिकति अक्षर चिनेको युवा–युवतीहरूद्वारा घरघरमा गजल लेखिन थालेका छन्। गजल कसेरी लेखिन्छ, कस्तो हुन्छ/ हुनुपर्दछ आदि गहिरो अध्ययन विना नै गजल लेखन भएको देखिन्छ। पुष्प अभिखारी अञ्जलिले त्यस समयमा प्रकाशन भएका कृतिहरू, गजलकारहरू, गजलमा संलग्न पत्रपत्रिकाहरू, गजल सम्बन्धी संघसंस्थाहरूको विवरण समकालीन नेपाली गजलको सम्पादकीय/भूमिकामा प्रस्तुत गरेका छन्।

संरचनागत एव म विषयगत पवृत्ति उपशीर्षक दिएर पुष्पजी लेख्छन् –’संरचना भनेको गजलको स्वरूप अर्थात ढाँचा हो। सम्बन्धित विषयबस्तुहरूको बनोट नै संरचना भनिन्छ।..खास गरी गजलमा स्वतन्त्र एव म अर्थपूर्ण भाव र गहनतम शब्दहरूको सिर्जना हुनु जरुरी छ ।….गजल परम्पराबाट अहिले नवीन मोडतर्फ आएको छ। …….कसैको गजलमा देश छ, माटो छ, आमा र धर्ती छ, कसैको गजलमा माया छ, स्नेह छ, घात–प्रतिघात, जीवनदर्शन, र सामाजिक कुरीति र विसङ्गति छ। कहीं वर्तमान समयका श्वरहरू, राजनैतिक खेल, विद्रोह विरोधाभासाहरू छन्। हामी सबैको चाहना हुन्छ, राम्रो, गुणस्तरीय र सबैको मन छुने रचना गर्न सकूँ – यिनै चिन्तनहरूको यो एउटा राष्ट्रिय संयुक्त गजलसङ्ग्रह भएर प्रकाशित भएको छ समकालीन नेपाली गजल २०६८।’ निष्कर्ष उपशीर्षकमा पुष्प लेख्छन् –’समकालीन नेपाली गजल आधुनिक नेपाली गजलविधाको एउटा प्रतिनिधि सङ्ग्रह हो। यसमा अग्रत पुस्ता, वर्तमान पुस्ता, र भावी पुस्ता तीन चरणका समसामयिक नेपाली गजलहरूको दस्तावेज बनेको छ। ..पूर्वका मेची देखि सुदूरपश्चिमको महाकाली सम्मका गजलकारहरू समेत गरी जम्मा १२९ जना स्रष्टाहरूको गजल समावेश गरिएको छ।’ यस लेखमा सहयोगीहरूलाई धन्यवाद र सन्दर्भसूचीहरू सहित पुष्पको अभिव्यक्ति समाप्त हुन्छ तापनि यसमा धेरै विषयबस्तुहरू समावेश गरिएका छन्, जो यस विवेचनामा सबै समेट्न सकिएको छैन।

शुभकामनाक्रममा – शुभकामनाक्रमलाई पनि हामीले तीन भागमा विभाजन गरेर अध्ययन गर्नु पर्ने देखिन्छ। किनकि कसैले गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्वमा प्रकाश पारेका छन् भने कसैले गजल कस्तो हुनुपर्दछ (गजलको विविधता) र गजल के हो (परिभाषा दिएर) भनेर लेखेको पाइन्छ। जे होस व्यक्ति विषेषको अभिव्यक्तिका शब्दहरू यहाँ मैले प्रस्तुत गर्न गैरहेको छु।

गजलकार तथा सम्पादक पुष्पको व्याक्तित्व र कृतित्व

विभिन्न साहित्यकारले दिएको शुभकामनामा पुष्प र गजलको बारेमा विविध खाले प्रस्तुति हामीले पढ्न पाउँछौं। विवेचना भन्ने शब्द जोडेर लेख्दा मैले पनि केही न केही प्रस्तुति गनुपर्ने हुन्छ। बास्तवमा धेरै वर्ष नभए पनि सात/आठ वर्ष देखि पुष्पका हरेक कार्यक्रममा सहभागी भएर हेरिरहेको छु। उनका हरेक प्रकाशनमा मलाई पाएको छु। उनको गजल प्रतिको लगाव र पूर्व मेची देखि महाकाली, म जहाँ पुगें, त्यहाँ उनको नाम युवा तथा युवतीहरूबाट अघि सारेको पाएँ। जसले गर्दा, लक्ष्मी–स्मृति साहित्य समाजको अध्यक्षको नाताले उनलाई अभिनन्दन गर्ने सुवर्ण मौका पनि पाएँ। संक्षेपमा भन्नुपर्दा मैले पुष्पलाई आजको गजलक्रान्तिको लागि जनक–जानकीको सिङ्गोरूपमा लिएको छु। जनक र जानकी दुवै मिलेर सन्तान उत्पन्न गर्दछन् भने पुष्प एक्लैले गजलकारहरू जन्माइरहेका छन्। आजको गजलमा क्रान्ति ल्याउनको लागि चितवनका दुईवटा संस्था र दुई जना व्यक्तिलाई मैले भुल्न सक्दिन (हुनत चितवनका सबै संस्थाहरू कोहीभन्दा कोही कम छैनन्)। एउटा नाम हो हाम्रो मझेरी साहित्य प्रतिष्ठानका अध्यक्ष तथा समकालीन नेपाली गजल २०६८का सम्पादक पुष्प अधिकारी ‘अञ्जलि’ जसले पूर्व मेची देखि पश्चिम महाकाली उत्तर हिमाल देखि दक्षिण दशगजासम्मका युवायुवतीहरूलाई गजलक्रान्तिमा सहभागी गराउन गजल कार्यक्रममा सरिक बनाएर पुरस्कृत गरेर अगाडि बढिरहेका छन् भने अर्का व्यक्ति भनेका पल्लव साहित्य प्रतिष्ठानका अध्यक्ष गोर्खे साइँलो जसले वयोबृद्ध स्रष्टाहरू खोजीखोजी अभिनन्दन गरिरहेका छन्। यी दुवै स्रष्टाको जति गुणगान गाए पनि थोरै हुन्छ। अब पुष्पको बारेमा कस्कस्ले के भनेका छन् त्यसमा सहभागी बनौ।

गजलकार तथा सम्पादक पुष्प अधिकारीको बारेमा प्रकाश आङ्देम्बे लेख्नुहुन्छ –’पुष्प अञ्जली सिर्जनामात्र गर्दै्नन् बरु सृजनशील माहोल बनाउँछन् र हजारौ स्रष्टाहरू जन्माउँछन्। मेची र कालीको सङ्गम बन्दछन्।’
प्रभाकर पण्डित लेख्नुहुन्छ –’पुष्पजी नेपाली साहित्यका हिमनदी हुन् जो कहिल्यै अडिन र सुक्न जान्दैन।

उज्ज्वल जी. सी. लेख्नुहुन्छ –’अँझ युवा गजलकार पुष्प अधिकारी ‘अञ्जलि’ले तन मन धन नै खर्चेर यस विधामा आफूलाई समर्पित गरेको देख्दा म मनमनै भन्ने गर्छु यस्ता व्यक्तिहरू पूर्व मेची देखि पश्चिम महाकालीसम्म आठ /दश जनामात्र हुनेहो भने नेपाली गजल सायद विश्वभर फैलन सक्थ्यो कि?’

हयग्रीव आचार्य लेख्नुहुन्छ –’सूर्यमुखी फूलजस्तै –
पुष्पजस्तै पुष्प तिमी फुल्दै–फुल्दै जाऊ
फूलभित्र परागजस्तै घुल्दै घुल्दै जाऊ

कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ – ‘शव्दहरूका पुष्पगुच्छा पुष्प ‘अञ्जलिलाई’ धनराज गिरी लेख्नुहुन्छ – ‘यसरी देशभरिको प्रतिनिधि स्रष्टाहरूका रचनाहरू सङ्कलन गरेर यति राम्रो कृति प्रकाशन गर्नु र यसरी स्रष्टा साधकहरूको सम्मान अभिनन्दन र पुरस्कृत गर्नु राज्यलाई चुनौती दिनु पनि हो।’ श्रेष्ठ प्रिया पत्थर लेख्नुहुन्छ– ‘साहित्यप्रतिको पुष्प अधिकारी ‘अञ्जलि’को जोश जाँगर र उत्साहलाई म हृदयदेखि नै अभिनन्दन गर्दछु।’

वियोगी बुढाथोकी लेख्नुहुन्छ–’वर्तमान नेपाली साहित्यिक फाँटमा गजलविधाले संख्यात्मक र गुणात्मकरूपमा अपत्यारिलो किसिमले निकै उचाई थपेको छ। यसको विकास र बिस्तारमा ….चितवनको सकृयता लोभ लाग्दो छ। अँझै इर्ष्यालाग्दो काम गजलकार एव म साहित्यिक पत्रकार पुष्प अधिकारी ‘अञ्जलि’ले यो समकालीन नेपाली गजल प्रकाशन गरेर सिद्ध गरेका छन्।’

दीपक समीप लेख्नुहुन्छ – ‘पुष्पजी एकदिन त्यो समय आउने छ र राष्ट्रले उच्च मूल्याङ्याकन गर्ने छ। त्यो मूल्याङ्कनमा साहित्यकारहरू पहिलो दर्जाको नागरिक हुनेछन्।’

नविन दाहाल लेख्नुहुन्छ –’चितवनबाट पूर्व मेची र पश्चिम महाकालीसम्म पुगेको पुष्प अधिकारी अञ्जलिको नामसँगै गजलको व्यापकतामा उहाँको कामको प्रशंसा पनि उत्तिकै छ।’ अत उपरोक्त स्रष्टा अभिव्यक्तिमा समकालीन गजलको बारेमा शुभकामना दिनेकामको साथै गजलको बारेमा पनि धेरै कुराहरू लेखिएका छन् जो यहाँ प्रस्तुत गरिएको छैन।

विर्खे अन्जानको सारगर्भित लेखका केही युक्तिहरू:– विर्खे अन्जानको साढे चार पृष्ठको पुष्पको व्यक्तित्व, कृतित्व र गजलमा पुर्‍याएको योगदानको बारेमा लेखिएको सारगर्भित लेखको शारांसमा भन्नुपर्दा वि.सं. २०६०यता गजल लेखनमा ल्याइएको क्रान्तिको अग्रसरताको मूल्याङ्कनमा मोतीराम भट्ट, ज्ञानुवाकर पौडेल, सरह नै पुष्पको स्थान हुनुपर्नेमा कसैले कञ्जुस्याइँ गर्न नहुने अभिव्यक्ति आएको छ। विर्खे अन्जानका केही अभिव्यक्तिहरू यसप्रकार छन् –
– गजलक्रान्तिका संवाहक पुष्प अञ्जली ।
– स्रष्टा र सिर्जनाका लागि पुष्प एउटा उत्साह र जोशको किरण हो।
– मोफसलको कुनाकाप्चामा स्रष्टाहरूको खोज र अनुसन्धानमा पनि पुष्पको नाम अग्रस्थानमा छ।
– साठीका दशकपूर्वका समय अवधिलाई नेपाली गजल समालोचकहरूले जुन–जुन युगको नामाकरण गरे तापनि नेपाली साहित्यको वर्तमान युग भनेको गजल क्रान्तिको युग हो र यसको प्रारम्भ साठीको सुभारम्भदेखि नै भएको पाइन्छ।

प्रत्येक वर्ष नयाँ अनुहार, नयाँ स्वाद र छवि बोकेका स्रष्टाको खोजी गर्दै निरन्तर लेखनमा सक्रिय स्रष्टाहरूसँग हातेमालो गरी साठी दशकमा उनको सक्रियता बढ्यो उनीभन्दा पहिले यस्तो माहोल, स्थिति र खोजी कोही कसैले पनि नगरेको हुँदा यिनलाई आधुनिक मोतीराम र गजलक्रान्तिका संवाहकभन्दा अतियुक्ति न होला।

“ ….अब हामीले साठीको दशकमा पुष्पले गजलमा क्रान्तिकारी ढङ्गले शुभारम्भ गर्नुभएको छ, त्यसलाई पनि विना पूर्वाग्रही ढङ्गले उनको योगदान सक्रियता, अथक लगन र परिश्रमलाई पनि नि:सङ्कोच स्वीकार्नु जरुरी छ।

उपरोक्त यथार्थतालाई मध्यनजर राख्दै, यस पंक्तिकारले पनि गजलहरूको विवेचनामा आजको गजल लेखनको तीब्रता, विविधता, समयको परिवर्तन र गजलक्रान्तिलाई मनन गर्दै कालक्रमिक विभाजनको कुराहरू उठाउँदै आएको थियो। अब त स्वयं गजलको गतिशीलता पाँचौं चरणमा प्रवेश भन्न न्यायोचित होलाजस्तो लाग्यो। गजलको शिव प्रणतको विभाजनमा वि.स २०५१ देखि२०६०सम्म विकास काल र २०६१ देखि यताको चरणलाई गजलक्रान्तिको युग भनी पाँचौ चरणमा गणनागर्नु मनासिव होला जस्तो लाग्यो
पुष्पको कृतित्वको पुष्पको लेखन गजल, कविता, कथा, निबन्ध, समालोचना, विविध विधामा हात चलेको छ र पुष्पको सम्पादन समन्धी कुराहरू त मैले माथि नै लेखिसकेको छु भने उनका एकल प्रकाशनका कृतिहरूको नाम मात्र यहाँ प्रस्तुत गर्न चाहन्छु। मनभित्रको मन, स्वप्नील नयन, एक अञ्जुलि घाम, जूनफुलेको बस्ती, मनको तृष्णा पुष्पका एकल कृतिहरू हुन् भने म कवितामा देश खोजिरहेछु……यथाशीघ्र प्रकाशित हुनेकुरा जानकारीमा आएको छ।

गजल विविध :-
शुभकामनाक्रममा नै गजलका विविध पक्षमा साहित्यकारहरूको अभिव्यक्तिलाई यहाँ प्रस्तुत गर्न लागिएको छ।

प्रकाश सायमी लेख्नुहुन्छ :-‘गजलको आफ्नै गन्ध हुन्छ, आफ्नै छन्द हुन्छ र त्यसको आफ्नै सुगन्ध हुन्छ, यसलाई हामी गजलकारहरूले नै यसको अस्तित्व जोगाई राख्नुपर्छ’

कृष्णहरि बराल लेख्नुहुन्छ:–’गजल र टुँडिखेल एकअर्को बीचार शीर्षकहरूको पृष्ठभूमि हो। उद्धृत रङहरूको स्वर्णसूत्र हो। समयले भोगेको फरक अनुभूतिहरूको दस्तावेज हो गजल।’

बूद राना लेख्नुहुन्छ :- ‘मुलुकमा यतिखेर सरगम उराल्ने प्रतिस्पर्धा चलिरहेको छ। शब्दस्वर र सुरका हुलकाहुल प्रतिभाशाली कर्मीहरू आफ्नो क्षमताको प्रतिस्पर्धा गरिरहेछन् गजलमा। इतिहास कहिलेकाहीँ समवेत आवाजहरूको मुर्च्छनाजस्तै लाग्छ। गजल आस्था र अस्तित्वको पहाड हो।’

ललिजन रावल लेख्नुहन्छ:–’गजलहरूमा राष्ट्रिय मनस्थिति, स्वच्छ प्रेमानुभूति र जीवनदर्शन एव म वर्तमान भोगाइका पीडाहरू हुनुपर्छ त्यो नै शाश्वत गजल हो।’

मनु ब्राजाकी भन्नुहुन्छ :- ‘बहिराहरूलाई पनि सुनाउन सक्ने क्षमताको पूर्वाभास गजलमा हुनुपर्दछ। धर्तीको धून समग्रमा देशमाथि वर्णित शक्ति उत्कर्ष हो। प्राञ्जलभन्दा पनि भाषिक सरलता गजलको अनिवार्य तत्व हो अन्यथा शब्दकोश पल्टाएर गीत गजल कसैले पढ्दैन र सुन्दैन पनि।’

यसरी नै जगदीश शमशेर राणाले गजललाई नारीहरूको आँखाको गाजलको संज्ञा दिएका छन्। अलिकति भित्र आँखामा पुग्यो भने पोल्न थाल्छ, डिलदेखि बाहिर परे लतपतिएर रूप नै विगार्छ। औचित्यको यस्तो सूक्ष्म सन्तुलन गाजलमा जस्तै गजलमा पनिरहनुपर्छ।
खगेन्द्र गिरी ‘कोपिला’ लेख्नुहुन्छ :-‘लाग्छ आजको गजल फ्लोरेन्स नाइटङगेल हो, तुलसी मेहर श्रेष्ठ हो र मदर टेरेसा हो।’

गोर्खे साइँलो लेख्नुहुन्छ :- ‘आजको गजलमय युगमा हरेक मानिसहरू दिनानुदिन गजल रसको मोहमा पौडिने पौडीवाजहरूको भीड बढ्नुमा मुख्यतया तीन आधारभूत विषयबस्तु छन्। उपरोक्त विषयबस्तु केवल गजलमामात्र पाउन सकिन्छ। ती तीन विषयबस्तुका आधारहरूलाई १)इवारत २) इशारत ३) अदा भनिन्छ। इवारत भनेको गजल लेख्ने शैली, तरिका, बहर, गेयात्मकता र रफिद काफिया आदिको राम्रो संयोजन हुनु हो। त्यस्तै इशारत भनेको गजलमा प्रयोग हुने शब्द, विम्बालङ्कार, गजलको प्रतिक पहिचान र गजलले प्रष्ट पार्न खोजेको कुरा अर्थात आशय प्रकट हुँदै तखलुससम्म पुग्दाको अवस्थामा ध्यान पुर्‍याउनु जरुरी हुन्छ। अनि अदा भनेको गजलका प्रत्येक शेरहरूले कविताको जस्तो एउटै विषयबस्तुमा नगइकन प्रत्येक शेरले आ–आफ्नै विषयलाई मान्यता दिन्छ, कुनै पनि शेरसँग नवाझने गरी प्रस्तुत हुनुपर्दछ। यिनै त्रिपक्षीय सम्मेल मिलाएर लेखिएको गजल नै उत्तम र स्तरीय गजल मानिन्छ।’

सरुभक्त लेख्नुहुन्छ :- ‘गजल सुन्दर अभिव्यक्तिको सुन्दर अभिव्यन्ज हो। यदि साहित्य फूलहरूको वगैंचा हो भने गजल त्यस वगैंचामा फुल्ने बहुरङ्गी फूलहरूको माला हो।’

गोविन्दराज विनोदी लेख्नुहुन्छ :-‘प्रस्तुत समकालीन नेपाली गजल पछिल्लो समयको सङ्ग्रहणीय कृति हो। यसभित्र समेटिएका गजलहरूले नेपाली गजलको समकालीन प्रवृतिलाई आत्मसात गर्दै युग र जीवनको कलापूर्ण अभिव्यक्ति प्रस्तुत गरेका छन्।’

नवराज लम्साल लेख्नुहुन्छ : गजल गजलहुने बाटोमा बाक्लिएरै हिडेको छ। आज झण्डै २० हजार गजलकार छन्। २० वर्ष पछि तीमध्ये कति गजलमै रहलान्, कतिले आफूले आफैँलाई समय छोएर बगेको पाउलान्, वा कतिले कुनै दिन आफ्ना गजलहीन गजलका चाङ टेकेर समय एक्लै कतै उभिइहेको पाउलान्। समय पर्खनु पर्छ सिर्जनाको दौड एक सय मीटरको म्याराथुन हैन तत्काल जिते जितिने नत्र हारिने।’

कालिका एफ एम स्टेसन मनेजर रिना गुरुङ्ग लेख्नुहुन्छ:– गजलले एक फरक किसिमको आफ्नै स्वाद बोकेको हुन्छ।’

समकालीन नेपाली गजल २०६८का स्रष्टाक्रमका सबै गजलकारहरूको गजल प्रतिको दृष्टिकोण के कस्तो छ त?अब त्यतातिर लाग्नु राम्रो होला !

समकालीन नेपाली गजल २०६८समावेशी गजलकारहरूले प्रस्तुत गरेका गजल प्रतिका दृष्टिकोण यसप्रकार छन्–
अमला अधिकारी (सिन्धली)– जीवन र जगतको मानवीय अनुभूति जो सरल सहज र सुललित भावशैलीमा छोटो संरचनामा व्यक्त हुन्छ।
अस्मिता भट्टराई (चितवन):- गजल अन्य साहित्यविधाको तुलनामा छिटो मीठो, रसिलो र कसिलो विधा हो।’
अमृता ठकुरी ‘चाँदनी शाह’ (कैलाली) :- साधना र साहित्यको सङ्गम।’
अमृता शर्मा (बागलुङ्ग):– हरेक मोडको भावनात्मक सारथि।
इन्द्रलाल श्रेष्ठ अद्वितीय (चितवन):–थोरै शब्दावली, र बाक्यांशमा धेरै भावनाहरू व्यक्त हुने परिधि अन्तरर्गत रहेर तयार पारिने अलग्गै रस र स्वादले भरिएको छुट्टै विधा भन्ने मलाई लाग्छ गजलविधा।’
युवराज सुवेदी (श्याङ्जा):–गजल त्यस्तो साहित्यिक विधा हो, जस्ले तत्काल हरेक व्यक्तिको मनमस्तिष्कमा गहिरो छाप छोड्न सक्छ।’
उमा शर्मा (काठमाण्डौ):–अन्तरमनको छालहरूको मीठास पूर्ण र सङ्क्षिप्त प्रस्तुति।
यासिका राई (धनकुटा):– धेरै कुरा थोरै शब्दमा अभिव्यक्त गर्न सकिने कलात्मक अभिव्यक्ति हो गजल।
कल्पना गौतम कल्पु (इलाम), शब्दहरूको एउटा फूलबारी जसमा भवनाको पुष्प लहराउँछ।
कृष्णादेवी शर्मा (श्रेष्ठ) (नवलपरासी):–’सुललित शब्द प्रयोग गरी कुनै पनि विषयलाई समेटेर लेखिने एउटा गायत्मक विधा हो।’
कृपा अधिकारी कृति: थोरै शब्दबाट धेरै भाव समेटन सकिने।
केशबप्रसाद न्यौपाने सानु’ (नुवाकोट):–’जीवन र जगतप्रतिका हेराइ र भोगागाइलाई सटिक पारामा पस्किने कलात्मक सिर्जना हो गजल।’
गणेश वि. क. ‘विरहीह’ (रुकुम):–’सकरात्मक जिन्दगीको सहाराजस्तै।’
गणेश विष्ट ‘स्वप्निल’ (कैलाली) :- ‘गजल साहित्यको सबैभन्दा मीठो विधा हो।’
गिरिराज बाँस्कोटा, (पाँचथर):– ‘थोरैशब्दमा धेरै अभिव्यक्ति दिन।’
गोविन्दराज भट्ट निर्मल (मोरङ)– ‘जीवन र जगतका यावत पक्षहरूको सरस र सुरुचिपूर्ण प्रस्तुति गरिने भावनात्मक कोमलता।’
क्षत्रराज पाठक ‘कमल’ (डोटी):– ‘गजल नेपाली भाषामा लेख्न सजिलो, पढ्न र गाउन सकिने विधाकोरूपमा लिन्छु।’
जीवन मल्ल ‘असफल’ (पर्बत):–’अन्तरआत्मबाट निस्केको मनको भावना।’
जगन्नमथ पौडेल ‘नूतन’ पर्वत :- ‘भावगम्भीरता, श्रुतीसुखदता, साङ्गीतकता, अनि उठान बैठानको विशेष प्रस्तुति भएको साहित्यिक विधा।’
जुनबहादुर फगामी (पर्बत):– ‘गजल यस्तो विधा हो जसले साहित्यका अरू क्षेत्रहरू पनि समेटेको हुन्छ।’
दीपा तिवारी ‘दीक्षित’ (सुर्खेत):–’समाज परिवर्तनको एक साहित्यिक विधा।’
डि. आर. शर्मा (पर्बत):– ‘गजल सर्बव्यापी सुललित अभिव्यञ्जना हो।’
दिनेश नागारी (बैतडी):– ‘ज्यादै उच्च सवल अनि सकरात्मक।’
देवी बि.सी ‘दीक्षा (बर्दिया) :-‘ विचार अभिव्यक्तलाई नियमबद्धता प्रदान गरी लयमा प्रस्तुत एक सटिक र साहित्यको झ्याल गजल हो।’
नवराज शर्मा ‘सन्देश’ पर्वत, :– ‘गजल जीवनका विविध माध्यमलाई बुझने मध्यम हो।’
नविनकुमार ऐर (बैतडी) :- ‘सकरात्मक उच्च।’
प्रतिमा सुवेदी ‘रूबी’:–’जुनसुकै विषयबस्तुमा नियमभित्र रहेर सिर्जना गर्न सकिने एउटा विधा गजल हो।’
परिक्रमा गोविन्द श्रेष्ठ (धरान):–’मायाको मीठो अनुराग, प्रकृतिकै अनुपम सौगात, संजीवनी।’
प्रदीप चाम्लीङ्ग राई ‘युगान्त जागरण’:– साहित्य जीवनदर्शनको अभिव्यक्ति हो अभिव्यक्तिभित्रको प्रस्फुटित लेख सिर्जना हो, सिर्जनाभित्रको सुन्दर तथा लयात्मक सानो संरचनामा उभिने लिखित कुरा नै गजल हो।’
प्रेमप्रसाद चापागाइँ (इलाम):–’राम्रो अभिव्यक्तिको माध्यमजस्तै लाग्छ गजल।’
विजयराज ज्ञावली (नवलपरासी) :-‘रफिद अनि काफियाको मीठो संयोजनबाट बनेको हृदयस्पर्शी भावको सँगालो।’
विष्णु तिवारी ‘उषा’ (चितवन):–’अन्तर्मनबाट प्रभावित कलात्मक अभिव्यक्ति हो।’
वीरेन्द्र पौडेल ‘विवश बियोगी’ तनहुँ :-‘समयको माग अनुसार हुनुपर्छ।’
मञ्जु कोइराला ‘अश्रु’ (पर्सा) :-‘गजल गेयात्मक विधा हो।’
माधव गिरी ‘प्रवासी’ (काठमाण्डौँ) :-‘दुखसुख सङ्गम रफिद र काफियाको सुन्दर समायोजन हो गजल।’
मिलन ज्ञावली ‘समीर’ (स्याङ्जा):–’अन्तर मनको सुमधुर आवाज हो, जुन संरचनात्मक रूपमा काफिया, रफिदहरूसँगै शब्दहरूमा प्रकट हुन्छ।’
मिनबहादुर पुर्जा ‘स्पन्दन’ (पर्बत):–’साहित्यिक विधाहरूमध्ये सबैभन्दा लोकप्रिय विधा गजल हो।’
मोहनबहादुर थापा’संयोजन’कास्की:–’मन थाकेको बेला बिसौनी हो। मन दुख्दा, मन भत्कदाको मल्हम/साथी हो गजल।’
रमेशकुमार चन्द ‘कुसुम’ सुर्खेत:–’गजल साहित्य र समाजको एक अभिन्न अङ्ग हो। त्यसैले समाजप्रति हेर्ने हरेक दृष्टिकोण सकरात्मक र अर्थपूण हुनुपर्दछ।’
राजु वि.क. ‘वृत’ (पर्वत):–’हृदयको कलापूर्ण अभिव्यक्ति र सङ्गीतको सर्वोकृष्ट नमुना गजल हो।’
रामकृष्ण शर्मा ध्रुव’ (पर्वत):–’देश काल र परिस्थितिको सशक्त माध्यम।’
राजकुमार माझी सिन्धुली :-‘स्वच्छ मनको सुन्दर अभिव्यक्ति।’
रिता अधिकारी’चञ्चल ऋतुयात्री’ (चितवन):–’ गजल नारीको आँखाको गाजल हो।’
ऋषिराज शर्मा ‘पौडेल’, (सुर्खेत):– पत्रेदार फूल जसले धेरैलाई सम्मोहित गर्छ।’
रूद्रराज कँडेल (चितवन):–’रफिद र काफियाबाट भएकोलाई गजल भनिन्छ।’
ललिता अधिकारी आँसु, (पर्सा):– ‘गजल मानव मनको ढुकढुकी हो। सम्भवत: कुनै पुस्ताबाट अछुतो नहोला।’
लक्ष्मी खनाल ‘अभी’ बर्दिया:– ‘गजल आफैमा एउटा चोटिलो थोरै शब्दमा धेरै गहकिलो भाव व्यक्त गर्ने काव्यविधा हो।’
लीलानाथ पौडेल असन्तोषी (पर्वत):–’मानवीय अनुभूतिको कलात्मक, लयात्मक, सरल र सङ्क्षिप्त प्रस्तुति।’
लाली रामदान (बाग्लुङ):–’जिन्दगीलाई हेर्ने एउटा उज्यालो पाटो हो गजल।’
सावित्रा पोख्रेल ‘सुमी’ (झापा):–’गजल आँखाको गाजल हो।’
सदानन्द जैसी ‘अभागी’ (नवलपरासी):–’गजल हृदयको आकश हो।’
सीता न्यौपाने अनुरागी (मकवानपुर):–’निश्चित संरचनाभित्रको गेयात्मक माधुर्य, र चमत्कारपूर्ण जादु नै हो गजल।’
सुमित्रा राई (थुलुङ) संखुवासभा:–’गजलमै छ मैले बाँच्ने परिवेश जहाँ, परिवेश भित्र कुन कुन कुरा छैन र।’
सुदिप लामिछाने (पर्वत):–’साहित्यको उत्कृष्ट विधा जहाँ जीवनका सातै रङ अट्छन्।’
सनिता कार्की (पर्वत):–’मानिसको सुखदु:ख, मिलन, विछोडका अन्तरआत्मादेखि निस्केका शब्दहरूको लयात्मक अभिव्यक्ति।’
सुनिता राई (क्षितिज राई ‘जलन’), (खोटाङ):– ‘गजल अन्तरमनको प्रतिविम्ब एब म समाजिक परिवेश र मानवीय संवेदनाको उत्खनन गर्ने कडी हो।’
सुन्दर कार्की ‘रोदन’ (रौतहट):–’भाव र दृष्टिकोणको कलात्मक सँगालो।’
शोभासिंह ठकुरी (तनहुँ):–’विचार र अभिव्यक्तिकला।’
हेमा कार्की कञ्चन बाग्लुङ:–’अन्तरमनका अनुभूतिहरूको कलात्मक अभिव्यक्ति नै गजल हो।’
एकराज घिमिरे’ एकु घिमिरे’ (धरान):–’यान्त्रिक जीवनमा मानवता भर्ने एकमात्र लोकप्रिय साहित्यिक विधा।’
पुष्प अधिकारी ‘अञ्जलि’ (चितवन):–’हृदयभित्रको अलाप, सौन्दर्यको जलप, अभिव्यक्तिको मिश्रण।’
लेखाराम सापकोटा (नवलपरासी):–’पुष्पसरलाई जिम्मा’।
भानुभक्त सापकोटा ‘अदृश्य प्रतिविम्ब’ (नवलपरासी) :-लयात्मक पारामा मनका अभिव्यक्तिहरू कलात्मक ढङ्गबाट प्रस्तुत गरिने साहित्यिक आकर्षक प्राविधिक विधा गजल हो।’
रामशरण गजुरेल निशान (रसुवा):–’सकारात्मक र सुधारक।’
प्रतिभा महतार ‘अर्पण’ (जाजरकोट):– ‘सृङ्गारिक, बस्तुवादी, प्रगतिवादी र जीवनवादी विधा हो।’
अमृतबहादुर पुन ‘अञ्जान आँसु’ (जाजरकोट):–’संरचनामा आधारित छोटो तर पूर्ण विषयबस्तु भएको गैयात्मक लयात्मक विधा हो।’
प्रशासन कुमार पुन ‘भाष्कर काजी’ (कीर्तिपुर):–’थोरै शब्दमा धेरै कुरा व्यक्त गर्न सकिने उत्कृष्ट विधा।’
कुमार धमला (सुनसरी):–’गजल जीवनको प्रतिविम्ब हो।’
सविता खाती ‘अन्जान’ (धनकुटा):–’युवापुस्ताले गजल अधिक मात्रामा लेखिरहँदा बाढी आयो भन्ने आरोप छ तर सङ्लोबनाउन पनि सजक र सचेत भएको पाउँछु म।’
सुरेश रोकाय ‘अभिलाषी’ (दैलेख):–’गजल एउटा लयात्मक र सुरिलो विधा हो।’
गणेश रोकाय ‘स्मृति’ (डोटी):–’एकदम राम्रो।’
सीताराम आचार्य ‘सागर’ (काभ्रे):–’मेरो विचारमा मनको वेदना पोख्ने थलो।’
परशुराम निरौला ‘अन्जान यात्री’ (मोरङ):- ‘जीवनजगत्का अनुभूतिलाई छताछुल्ल पारी, पोखिएको मन–मस्तिष्क छुने गेयात्मक विधा नै गजल हो।’

अन्य : इन्द्रसुर राई ‘बेलटारे’ (भोजपुर), इरान राई (भोजपुर), कमला घिमिरे ‘आँसु’ (इलाम), करुणा राई (भोजपुर), कृष्णकुमारी शर्मा तनहुँ, गीता पुडासैनी (बेसीथोक), गणेशप्रसाद अधिकारी (फूलबारी), मकवानपुर, जूनतारा ‘सङ्गम (स्याङ्जा), लोकहरि पाण्डे (स्याङ्जा), डिल्लीराम भण्डारी (स्याङ्जा), दीप बोहरा ‘सुस्केरा’ (बझाङ्), तारा पराजुली ‘ढाका’ (मोरङ), तिला गौतम (सङ्खुवासभा), कृष्ण पहाडी (पाल्पा), निर्मला पौड्याल (झापा), प्रभा बर्तौला अश्रु चितवन, (कैलाली), केशवराज आमोदी चितौन, हेमन्ति जोशी (धनगढी), मिलन बन्जारा चितवन, मुना राई भोजपुर, बाबु त्रिपाठी, शँभु ज्ञावली, अधिकारी’असिम’ (पर्वत), नारायणप्रसाद कँडेल चितवन, सीता खड्का ‘साधक’ (बा.ना.पा.१, रामरेखा), जि.सी. शिला ‘चाना’ (बाग्लुङ), सुरेन्द्र घिमिरे ‘वादल’ (स्याङ्जा), सिजन लामा ‘सोइसाल’ (इलाम), विष्णुबहादुर सिंह अर्घाखाँची, दीपनाथ आचार्य चितवन, घनश्याम थेवे (धरान), मधु पोख्रेल, आरती पोख्रेल (झपा), हीरा गजुरेल ‘स्पन्दन ‘आँसु’, कपिलमणि शर्मा रेग्मी ‘अज्ञात’, सुजन अधिकारी (नवलपरासी), इन्द्रकुमार विकल्प (पर्वत), तीर्थमान श्रेष्ठ (तनहुँ), समीता थापा’स्वप्निल नीरव’पाल्पा, कृष्णराज धमला ‘अपूर्ण’ (कालिकोट), लक्ष्मण वि.सी. (दैलेख), गणेश शर्मा पौडेल (चितवन), सुरेशचन्द्र गिरी (नवलपरासी), देवराज ओली ‘प्रतिक’ (सल्यान), लुङमाहिम माइला (संखुवासभा), रामजी आचार्य (कास्की) ।

निष्कर्ष
माथि पोखिएका गहन अभिव्यक्तिहरूलाई पानाका पाना व्याख्या गर्न सकिन्छ। गहिरिएर हेर्दा हामी गजलकारहरूले अँझै गजल के हो, कसरी लेखिन्छ, गजलको परिभाषा के हो आदिमा गजलको बारेमा गहन अध्ययन गर्नु आवश्यक छ भन्ने वोध गराएको छ माथिका प्रस्तुतिले। समकालीन नेपाली गजल २०६८ हरेक कुरामा विविधताले भरिएको छ। शास्त्रीय छन्द, बहर, लयको प्रस्तुतिमा पनि मिश्रण छ, गजलहरू गायत्मक छन्। गजलकारको उमेरको हिसावले हेर्दा पनि १५ वर्षका (नविनकुमार ऐर, वि.सं.२०५३, साल खुलेकाको हिसाबले) देखि इन्द्रलाल श्रेष्ठ ‘अद्वियि’ (२००१) सरुभक्त (उमेर नखुलेको), गणेश शर्मा पौडेल (२००२), सदानन्द जैसी ‘अभागी’ (२००३) जस्ता ६५वर्ष नाघेका गजलकारहरूको पनि मिश्रण देखिन्छन्। संङ्क्षेपमा भन्नुपर्दा यो सङ्ग्रह विविधताले सृङ्गारिएको छ। १२९ जनाको ……… गजलहरू यस सङ्ग्रहभित्र समावेश गरिएका छन्। अधिकांश गजलहरू ५ शेरका छन्। यसको विषयमा टिप्पणी गर्न त्यति सजिलो छैन। गजलमा जीवन–जगतवोधगम्य देखि लिएर, मानव पीडा, राष्ट्रियता, रूवाई, भोगाई, संविधान निर्माण, हँसाई, प्रेमप्रणय, युगिन विकृति, विसंगति, व्यङ्ग्य प्रहार, राष्ट्रिय (अन्तर्राष्ट्रिय चित्रण, नेतृत्वको कुर्सीमोह (वर्तमान राजनैतिक अवस्था), भ्रष्टचार, महङ्गी, सामाजिक, आर्थिक, विविधै विविधताको एकीकृत प्रस्तुति हो यो गजलसङ्ग्रह। यो गजलभित्र के छ भन्नुभन्दा पनि, गजलमा के छैन भन्नु बेस होला। यसमा करिव ४० जिल्लहरूका गजलकारहरू सहभागी छन् भने यो सङ्ग्रह १५ वर्षे ठिटाठिटी देखि ६७ वर्ष सम्मका स्रष्टाको अभिव्यक्तिले भरिएको छ। अत उमेर अनुसार केही शेरहरू यहाँ प्रस्तुत गरेर हेरौं ।

नवीनकुमार एैर (अन्जान प्रेमी), जन्म मिति २०५३/०१/०१, बैतडीका शेरहरू–
देशका अमूल्य चिज लुटिदै छन् यहाँ
सोझा जनताहरू कुटिदै छन् यहाँ
मनका मेरो अभिलाषा हावासरी उडाइदियौ
दोबाटोमा ल्याई आज तिम्ले साथ छुटाइदियौ

प्रभा बर्तौला ‘अश्रु’, जन्म मिति २०४६/०३ /२६ हाल काठमाण्डौका शेरहरू:–
दुई मुटुको प्रेम काफी, थर नसोध
खुला आकाश धर्ती साथ, घर नसोध

पृष्ठ१२७

जुनी जुनीसम्म पनि बाँची नै रहन्छ
साइनो आत्मिक क्षणिक मेल होइन

पृष्ठ१२८

विजयराज ज्ञावली, जन्म मिति २०३४।०२।२१ नवलपरासी
आज फेरि एउटा बुद्ध चाहिएको छ देशमा
आत्मै देखि अति शुद्ध चाहिएको छ देशमा

पृष्ठ१४०

सुस्तासँगै लुम्विनी दुख्ने होकि पीर लाग्छ
मेरो सगरमाथा पनि झुक्ने हो कि पीर लाग्छ

पृष्ठ१४१

तिला गौतम, जन्म मिति २०२८/०३/०५ सङ्खुवासभाका शेरहरू:–
सिरुपाते खुकुरीको रवाफ कस्तो साथी
अँझै पनि जनतामाथि दवाव कस्तो साथी

पृष्ठ१०६

अत्यास लाग्छ देश अन्तै कतै भाग्ने हो कि?
मरिगा’को राजतन्त्रको भूत जाग्ने हो कि?

पृष्ठ१०६

पुष्प अधिकारी ‘अञ्जलि’ जन्म मिति २०२३/०५/१२, चितवनका शेरहरू
घाम बेचेर सपना किन्नेहरूको
थाहा छ उसको नाम र थर हुँदैन

पृष्ठ २६१

रातभरिसँगै बस्न बोलाएको थिएँ
आँखाको त्यो सपनी भागेर गयो

पृष्ठ २६१

सदानन्द जैसी ‘अभागी’, जन्म मिति २००३/०४/०१ नवलपरासीका शेरहरू
गोहीरूपी अश्रुधारा जति बगाऊ ताल हुन्न
सङ्गत होस् सत्गुणीको त्यहाँ कुनै बवाल हुन्न

पृष्ठ२०९

सफलता सवलता प्रकाश छर्छ ज्योति बल्दा
आत्मज्योति बलेपछि त्यहाँ कुनै पर्खाल हुन्न

पृष्ठ२०९

इन्द्रलाल श्रेष्ठ ‘अद्वितीय’, जन्म मिति २००१ भाद्र १५ गते (उमेर खुलेकोमा जेष्ठ गजलकार)
तछाडमैछाड अतीतको अहङ्कार भूमरीमा
आजै बिर्सिएर देश विकासको पाना हेर

पृष्ठ१७

इन्द्र भन्छ राष्ट्र बनोस् पछि हामी बन्छौ
देशैलाई प्रकाश दिने माटोको पाला बन्छ

पृष्ठ१७

सरूभक्त, पूर्व प्रज्ञा (उमेर नखुलेको)का शेरहरू
ऊ हेर! घुम्ने मेचमाथिका अन्धाहरू
जो आए पनि मोह माला उही छ
पिउनेहरूलाई सोध पीडाको कहानी
के फेरियो र गाउँमा ठाला उही छ

पृष्ठ ३७

कल्पना गौतम ‘कल्पु’, इलाम साल नखुलेको शेरहरू
कति गर्छौ सत्तामोह खिचातानी छोड नेता
ईर्ष्यालु र झगडालु तिम्रो वानी छाड नेता

पृष्ठ ३५

माथिका गजल शेरहरूबाट प्रष्ट थाहा हुन्छ कि गजलको नयाँ र पुराना पुस्तामा, पूर्व र पश्चिममा, उत्तर र दक्षिणमा देखिने अन्तर बस्तु अनि गजलको स्तर । गजल समकालीन घटना, देशकालको परिस्थिति अनुकुलनै गजलका प्रवाहहरू बगेको पाइन्छन्। यति धेरै गजलको विवेचना जति लेखे पनि नसकिने हुँदा बिदा चाहन्छु।

धन्यवाद

(स्रोत : माझेरी डट कम)

This entry was posted in कार्यपत्र and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.