~सौभाग्य बजगाईं~
कलम कहाँ थियो पुवांखले लेख्ने मसि चिनेनौ
यति कन्जुस गरेउ कि बोर्डमा लेख्ने खरी किनेनौ
कहिले कुट्टो, कोदालो, साबेलले खेत बारी कुटायौ र तिमीले
तैपनि कपुरी क र घर जस्तो घ भन्दा माथि सिकेनौ
रुखो माटो न बाटो तिम्रै लामपाटने को बाझो बारी
गोरेकी छोरी लिन आउदा गोर्खे पल्टन मा बिकेनौ
आज बुढेस कालमा रोयनौ, कराएनौ र कहाँ तिमि
धन्ने बौलयेनौ आरिसले कसै संग निउ झिकेनौ
SAUBHAGYA BAJGAIN
UGRACHANDI VDC-08, KANKRE, KAVRE, NEPAL
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )