गजल : हात खाली हेर

~मनु वि.क.~

हरेक क्षण लडे जनता तर हात खाली हेर
सुकिसके मुहानहरू हुँदैन कि बाली हेर

विश्वास गरी सधैभरि धेरै धोका पायौँ हामी
गर्ने मीठा कुरा तर नेता उनै जाली हेर

नेता ठूला बनि हेर गरी छाडे मोजमस्ती
जनताको जिउ, पेट सधैभरि खाली हेर

आशाहरू झरे झरे रूष्ट बने मनहरू
बुझ्यौँ हामी तिम्रा गति दिने छैनौँ ताली हेर

अन्धकारमा बाँच्न विवश नेपालीको कथा
बुझ्न सक्छौँ मनभित्र एउटा दियो बाली हेर ।

(स्रोत : हाँ साप्ताहिक)

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.