गजल : सफल हुनलाई

~इलामेली टीकाराम दुलाल~Ilameli Tikaram Dulal

एक छिन थाम लोचनको पानी सफल हुनलाई
लुकाएर राख तिम्रो जवानी सफल हुनलाई

कुनै अठोट लिए पछि जारी राख अनवरत
कैले पनि गर्दै नगर्नु आनाकानी सफल हुनलाई

सबैको दक्षता क्षमता सामर्थ बराबर कहाहुन्छ र ?
कसैको पनि नगर्नु मान हानी सफल हुनलाई

बिस्तारा र सिरानीको सम्बन्ध अटुटनै हुन्छ
तर सिरकको नगर्नु तानातानी सफल हुनलाई

अन्जानको गल्ति भुल हुन्छ नत्र अपराध हुन्छ
कसैले स्वार्थ नलुट्नु जानाजानी सफल हुनलाई

२०७३।०७।३० रोज ३
इलामेली टीकाराम दुलाल
नक्साल

(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.