~जय सिंह महरा~
दोबाटोमा छोडेपछि तिम्रो यादमा पिए
मदिराको धाँगो बनाई फाटेको मन सिए
सातै जुनी सँगै जीउने बाँचा कसम हाम्र
जीन्दगीको तालाचावी तिम्रै हातमा दिए
खुसी देख्ने त्यो मुहारमा निश्चल चाह मेरो
मुस्कान जति तिम्रो भागमा आँशु मैले लिए
याद आउछन् ति पलहरु हाँसी खेली रमाएका
जसो तसो मन बुझाउदै आजसम्म जिए ।
(स्रोत : रचनाकारको ब्लगबाट सभार)