पुस्तक समीक्षा : ‘फ्रन्टपेज’ कथासङ्ग्रहमा चित्रित समाज

~प्रा.गोपीकृष्ण शर्मा~book-cover-subisudha-acharya-frontpage-katha

गीत, गजल, कविता र मुक्तक जस्ता सिर्जनाबाट नेपाली साहित्यमा प्रवेश गरेकी सुबिसुधा आचार्य अहिले कथाका क्षेत्रबाट निकै चर्चित प्रतिभा हुन् । यिनका ‘अग्नियुद्ध’ र ‘रहस्यमय भोगाइ’ शीर्षकमा दुई कथासङ्ग्रह प्रकाशित भइसकेका छन् । यो ‘फ्रन्टपेज’ कथासङ्ग्रह कथाकार सुबिसुधा आचार्यको तेस्रो कथासङ्ग्रह हो । कथा बाहेक पनि यिनका गीत, गजल, कविता, मुक्तक आदि पत्र–पत्रिकामा र पुस्तकाकार कृतिका रुपमा प्रकाशित भइसकेका छन् । पत्र–पत्रिकाको सम्पादन र कतिपय पत्रिकामा स्तम्भलेखन समेत गर्ने सुबिसुधा पत्रकारका रुपमा समेत देखा परेकी छन् । सुबिसुधा सामाजिक क्षेत्रमा पनि चासो राख्ने नारी प्रतिभा हुन् । शिक्षण सेवामा पनि समय खर्चदै गरेकी सुबिसुधाको प्रस्तुत ‘फ्रन्टपेज’ कथासङ्ग्रह नेपाली कथा साहित्यमै नया“ मोड लिएर आएको छ । स्वयं कथाकारले यस सङ्ग्रहलाई अन्तर्मनको तरङ्गका रुपमा लिएकी छन् । उनले आङ्खनो कृतिगत भूमिकामा भनेकी छन्– “म स्वयं रहस्यमय कथा हु“, त्यसैको बाछिटा मात्र हो –‘फ्रन्टपेज’ । जियाइको सङ्घर्ष गर्दा गर्दै यात्राका मोडमा भेटिएका, टिपिएका केही फिलिङ्गाहरू उनिएको ‘फ्रन्टपेज’ सिङ्गो अन्तर्मनको तरङ्ग हो ।”

यथार्थ जगतकै प्रतिविम्बका रूपमा मनोजगत रहेको हुन्छ । त्यही मनोजगतबाट साहित्यको सिर्जना हुन्छ । त्यहा“ वास्तविक जीवन हुन्छ पनि । त्यसैले पश्चिमी विद्वानहरू साहित्यलाई वास्तविकताको भ्रम ९क्ष्ििगकष्यल या च्भबष्तिथ० भन्दछन् । पढ्दै जा“दा साहित्यको संसार लेखनकालीन युगको फोटोग्राफिक छायाजस्तो लाग्छ । आख्यानका घटनाहरू आङ्खनै छरछिमेकका देखे सुनेका घटनास“ग अक्षरस मिल्छन्, तर ती भोगे–gopikrishna-sharmaदेखेका भने होइनन् । यस्तै छायाछवि नै साहित्यमा प्रतिविम्ब हुन्छ । मानिसहरू पढ्न र हेर्न मन पराउ“छन् । सुबिसुधाका कथाहरू पनि हाम्रो समाजका यथार्थ घटना हुन््, तर ती घटना कथाकारको मनोजगतमा कपडछान भएर केही घट्दै, केही बढ्दै कथात्मक रुपमा आएका छन्  । कथाकार सुबिसुधाले वर्तमान समाजकै सेरोफेरोबाट कथावस्तु टिपेकी छन् । त्यस वस्तुलाई चम्काउन कथाकारले कल्पनाको जलप पनि लगाइदिएकी छन् । यही“नेर उनको खुबी देखिन्छ । सामान्य कुरालाई पनि संवेदनशील भावनाले प्रस्तुत गर्ने कथनशैली उनले वरण गरेकी छन् । कौतुहलपूर्ण परिवेश तयार गर्न सुबिसुधाले कतै प्रतीकात्मक भाषाको, कतै व्यञ्जनात्मक शैलीको र कतै आवेगात्मक पदावलीको संयोजन गरेकी छन् । यही परिवेश र शैलीको नवीनता नै कथाकार सुबिसुधाको निजी पहिचान हो, कथाकारिता हो ।

घटना, चरित्र र परिवेशको आख्यानीकरण कथामा हुन्छ । घटनाको शृङ्खला एकपछि अर्को गर्दै विश्रँम नहु“दासम्म लैजा“दा कथावस्तु बन्छ र त्यस तन्तुमा विविध चरित्र र सो अनुकूल परिवेश उनिएका हुन्छन् । यी तीन खास तत्व मध्ये कतै कथावस्तुप्रधान, कतै चरित्रप्रधान र कतै परिवेशप्रधान कथाको निर्माण हुन्छ । सुबिसुधाका कथामा पाइने विशेषता भनेको तीनवटै तत्वको समन्वय गरेर कथाको रुप प्रदान गर्नु हो । ‘फ्रन्टपेज’ का कथाहरूले यही वैशिष्ट््यलाई औ“ल्याएका छन् । यिनमा घटना घट्छन् र तिनको पात्रका मनमा पार्ने प्रभावलाई संवेदनशील भएर व्यक्त गरेका हुन्छन् । घटना, चरित्र र परिवेश मध्ये पनि सुबिसुधाको कथामा पाइने परिवेश चित्रण निकै मार्मिक हुन पुगेको छ । ‘सानिआमा’ कथामा बाबुले सौतेनी आमा ल्याएदेखिको पारिवारिक वातावरण होस् अथवा ‘आरनका गोलहरु’ कथामा बिर्खे कामीका घरमा आएका माझघरे साइ“लाको व्यवहार होस्, सबैमा तत्कालीन परिवेशको मन छुने चित्रण गरिएको छ । अन्य कथाहरूमा पनि यो प्रवृत्ति पाइन्छ ।

‘फ्रन्टपेज’ कथासङ्ग्रहमा बाह्रओटा कथाहरू सङ्कलित छन् । ती हुन – सानीआमा, फ्रन्टपेज, पीडा आफै“भित्र, आरनका गोलहरू, रित्तो जिन्दगी, ईश्वरलाई विज्ञानको चुनौती, म भित्रका म, बदलि“दो बादल र स्वास्नीमान्छे, भावनात्मक सम्बन्ध, दुर्घटना, प्यासको उल्झन, बन्दको त्यो दिन । यी मध्ये कतिपय कथाहरू गरिमा, दायित्व, मिर्मिरे, शब्दयात्रा, प्रहरी आदि पत्रिकामा प्रकाशित पनि छन् । आधा दर्जन जति कथाहरू सर्वप्रथम यसै सङ्ग्रहमा देखापरेका छन् ।

‘सानिआमा’ कथा यस सङ्ग्रहको पहिलो कथा हो । प्रथम पुरुष दृष्टिविन्दुमा ‘म’ पात्रका परिवेशबाट रचिएको यस कथामा अपाङ्ग व्यक्तिका पीडा–व्यथा, बाबुको निरपेक्ष व्यवहार, आमाको मृत्युपछि तुरुन्तै ल्याइएकी सानीआमाको दुव्र्यवहार, ज“ड्याहा बाबुको मृत्युलाई पुरै सम्पत्ति गुटुमुट्याएर अघिल्लो लोग्नेस“ग गएपछि पनि यताको लोग्नेको पेन्सन विधवा बनेर खा“दै गरेको स्थिति, अपाङ्ग छोरा घरबाट निकालिएपछि उसले डोको–नाम्लो बुनेर जीवन बा“च्न थालेको अवस्थामा लाटी छोरी बिहे गराइदिन प्रस्ताव राख्ने तीर्थबहादुरको दुस्साहस आदि घटनाहरू यहा“ शृङ्खलित छन् । यी घटना हेर्दा सामान्य जस्ता लाग्छन् तर सम्बन्धित पात्रका क्रियाकलाप र तिनका अन्तर्मनका प्रतिक्रियाहरुले घटनालाई उजिल्याएका छन् र हाम्रो मनलाई प्रभावित तुल्याउ“छन् । यहा“ अपाङ्ग व्यक्ति अजिते पूर्ण चरित्र हो र ऊ एउटा सिङ्गो मानव हो । आमाको माया र पछि दिदीको स्नेह सम्बन्धमा बा“चेको अजितेले दिदीलाई आफै घरजम गर्ने सल्लाह दिन्छ र आङ्खनो भविष्य प्रति बेपरवाह रहन्छ । दिदी–भिनाजुले भने पनि ऊ सानीआमाले लिने गरेको पेन्सन विरुद्ध आवाज उठाउ“दैन र आदर्श व्यक्तित्वको परिचय दिन्छ ।

‘फ्रन्टपेज’ यस सङ्ग्रहको दोस्रो कथा हो । विप्लवले चलाएको साहित्यिक पत्रिका ओमेन भ्वाइसमा नारी कथाकार उर्वशी सिङ्खडाले फ्रन्टपेजमा आङ्खनो फोटो र भित्र इन्टरभ्यु छपाउन अनुरोध गरेकी हुन्छे । विप्लवलाई उर्वशीको साहित्यिक स्तर बारे पुरै थाहा छ र ऊ त्यो फोटो र इन्टरभ्यु राख्न चाह“दैन । उर्वशी सम्पन्न छे, कारमा हि“ड्छे र यस्तै गरी आङ्खनो नाम बिकाउन चाहन्छे । उर्वशीले त्यसबापत एकलाख रुपिया“सम्म दिन चाहन्छे । विप्लवको अस्वीकृति पछि उसकै घर कोठामा गएको बखत बाहिरी लुगा फालेर भित्री लुगास“गै विप्लवकै कोठाको पलङमा सुत्छे र पत्रिकाको फ्रन्टपेजमा आङ्खनो फोटो छपाइदिनका लागि यौन आमन्त्रण गर्छे । यस्तैमा विप्लवकी श्रीमती आएर उर्वशीलाई भुत्ल्याउ“दै कोठाबाट निकाल्छिन् । कथाले कथेको कथ्य यत्ति हो । तर यसै वस्तुलाई मानसिक अनूभूति र संवेदनाका विविध जलप दिएर कथालाई निकै कामुकतापूर्ण र संवेध बनाइएको छ । नारी होस् वा पुरुष, स्वार्थ सिद्धिकालागि कतिसम्म तल खस्न सक्छन् भन्ने यथार्थको चित्रण यहा“ छ । पूरै कृतिको शीर्षक पनि यसैबाट राखिएको छ ।

‘पीडा आफैभित्र’ तेस्रो कथा हो । विवाह गरेर घर गएकी शकुन्तला आङ्खना श्रीमान् श्रवणको हप्कीदप्की र अनैतिक काम गर्न उक्साउने प्रवृत्तिका विरुद्ध आश्रय खोज्दै माइत आउ“छे । एक–दुई महिना पछि माइतीलाई बोझ हुन्छ  र घर पठाउन चाहन्छन्, आमाको समेत यही राय हुन्छ । उता शकुन्तलाको मन कोक्याउ“छ । डिस्को नाचमा अरु केटास“ग नाच्न उक्साउने र झुक्याएर श्रीमती शकुन्तलाको कोठामा परपुरुष पठाउने दुष्ट आचरण भएको श्रीमान् श्रवणस“ग ऊ कसरी बस्न सकोस् । गर्भवती शकुन्तला श्रवणले बोलाएको खबरले घर त जान्छे तर त्यहा“ श्रवण दुर्घटनामा परेर सन्तान दिन नसक्ने स्थितिमा उसको सन्तानको लोभले सासू–ससुराले उसलाई झिकाएका हुन्छन् । श्रवणले पनि अहिले समेत उसलाई घृणा गर्छ । अन्तमा यो सन्तान मेरो हो, हुर्काउन छ भन्दै घरबाट अलग हुन्छे । यसरी आफै“ भित्रको पीडामा जलेकी एक बुहारीको दर्द वेदनालाई यस कथाले प्रस्तुत गरेको छ ।

‘आरनका गोलहरू’ यस सङ्ग्रहको चौथो कथा हो । आरनका भरभराउ“दा गोलहरूमा फलाम पगालेर ह“सिया, कोदालो जस्ता हतियार बनाउने बिर्खे कामी, उसकी स्वास्नी घैंटी र छोरा–छोरी पुन्टे र च्यान्टीको दयनीय जीवनको कथा हो –आरनका गोलहरू । बिर्खेको आरन भएको वरपर सुन्तला र भोगटे देखेर “हसिया बनाउन आएका माझघरे साइ“लाले ईष्र्या गर्छन् र फलेको एक झुत्तो करेलो मागेर त्यसै लगिदिन्छन्. ।  करेला बेचेर छोराछोरीको भोटो र घा“गर किन्ने च्यान्टीको सोचाइमा आघात पुग्छ । ठूलो आ“धिबेहरी आउ“छ । पहिरोले स्वास्नी, छोरा–छोरी पुरिएर मर्छन् । भै“सी पनि मरिसकेको हुन्छ । छटपटी र चिन्ताले बिर्खे कामीको पनि निधन हुन्छ । यसरी एउटा गरीब परिवार एउटै चिहान भएको दर्दनाक स्थितिलाई यस कथाले अगाडि ल्याएको छ । सीमान्तकृत गरीब निमुखाहरूको कारुणिक पक्ष चित्रण गर्ने क्षमता कथाकार सुबिसुधालाई प्राप्त छ र त्यही सीपले यो कथा मर्मस्पशी बन्न पुुगेको छ । संवादमा जीवन्तता र स्वाभाविकता ल्याउने कथाकार सुबिसुधा यस कथाबाट समाज व्यवस्थाको चिरफार गर्ने सक्रिय समाजशास्त्रीका रुपमा पनि देखिएकी छिन् ।
‘रित्तो जिन्दगी’ यस सङ्ग्रहको पा“चौ कथा हो । छोरीको विवाहका लागि सबै तयारी भइसकेपछि पनि केटातर्फबाट थप पा“चलाख दाइजो माग भएको हुनाले केटीका बाबु–आमा दुवै इज्जत बचाउनका निम्ति खरीका रुखमा झुण्डिएर आत्महत्या गरेको कारुणीक कथा यसमा चित्रित छ । भाइ कुमारलाई लिएर नारायणगढ बजारबाट बस चढेकी दिदीले आङ्खनो बिहेको कामकुरो छिनेको र प्रेम पनि भइसकेको केटो युपेशलाई देख्छे । युपेशले एउटा ठिटीलाई लिएर जिस्क“दै त्यसै बसमा यात्रा गरेको हुन्छ । दिदीले पहिले नै देखेकी हुन्छे । मलेखु पुगेपछि मात्र युपेशले देख्छ र आफै“ सर्माउ“छ । यसरी यात्राका अवधिमा पूर्वस्मृतिले ल्याएको दुर्घटित प्रणयक कथानकलाई यस कथाले स्पष्ट पारेको छ ।

‘ईश्वरलाई विज्ञानको चुनौती’ यस सङ्ग्रहको नौलो परिवेशको कथा हो । राजकुमार र स्वस्तिका बाल संगाती हुन् । स“गै खेल्छन्, घुम्छन् । छ वर्ष भएपछि राजकुमार स्कूल जान थाल्छ र स्वस्तिकालाई बाबुआमाले स्कूल पठाउ“दैनन् । कहिलेकाही“ भेट हुन्छ । स्वस्तिकाले बहिनीहरूलाई स्कूल पठाउन थालेकी छ । स्वस्तिकाले नुहाउ“दै गर्दा राजकुमार पानी लिन पधेरा पुग्छ । स्वस्तिका सर्माउ“छे र छिटो पानी लिएर फर्कन अह्राउ“छे । यसरी बाल्य जीवनको स्नेह–सद्भाव अब प्रेम–प्रणयमा रुपान्तरित हुन थाल्छ । राजकुमार उच्च शिक्ष्ाँका लागि सहर जान्छ । छुट्टिमा घर आउ“दा स्वस्तिकास“ग भेट हुने गरेको छ । यस्तैमा स्वस्तिका घरबाट बेपत्ता हुन्छे । केही वर्ष पछि घरमा आउँछे । उसले लिङ्ग परिवर्तन गरेकी हुन्छे र अब ऊ सतीश केटा भएर देखापर्दछे । अब उसले कुनै केटीस“ग विवाह गर्छु भनेर राजकुमार र आमाले टिप्पणी गर्छन् । लिङ्ग परिवर्तनका समाचार कहिलेकाही“ पत्रिकामा पढ्न र टेलभिजनमा देख्न पनि पाइन्छ । यसै विवरणलाई आधार बनाएर कथाकार सुबिसुधाले यस कथाको रचना गरेकी छन् ।

‘म भित्रको म’ यस सङ्ग्रहको सातौ“ कथा हो । एउटी नारी आङ्खनो स्वीकृति बिना एउटा धनी पुरुषस“ग विवाहित हुन्छे । उसको श्रीमान् प्रमोदले अर्कै केटी आशास“ग प्रेम गरेको हुनाले त्यस केटीलाई डिभोर्स गर्न चाहन्छ । बाबु–आमाले छोरा–बुहारीलाई सुहागरात मनाउन पोखरा पठाउ“छन् । होटेलमा प्रमोद आशास“गै बस्छ र श्रीमतीलाई सिध्याउन जुसमा मिसाएर विष खान दिन्छ । यो कुरा त्यस नारीलाई वेटरले सङ्केत गरेको हुन्छ । उसले वेटरबाट अर्को जुस मागेर खान्छे र छटपटि भएको बहाना पार्छे । प्रमोद र आशा खुशीले मस्त हुन्छन् । अब हाम्रो विवाह हुन्छ भन्छन् । यस्तैमा त्यस नारीले हतौडा ल्याएर कोठामा पस्दै प्रमोदको टाउकोमा हान्छे र हत्या गर्छे । यही कारणले उसले जेलमा पर्नुपरेको हुन्छ । यो आक्रामक तत्व त्यस नारीले ‘म भित्रको म’ हो भन्ने सम्झन्छे र त्यसैले गर्दा ऊ, पछुतो मान्दिन । साथ रह्यो भने हत्या जस्तो काममा पनि पछुतो हु“दैन भन्ने सन्देश यस कथाले दिएको छ ।

‘बदलि“दो बादल र स्वास्नीमान्छे’ यस सङ्ग्रहको आठौ“ कथा हो । कम्प्युटर प्रविधिको विकास भएपछि अर्को देशमा कामका लागि पुगेका केटाले पनि याहुको च्याटबाट भावना साटासाट गर्न सक्छ भन्ने तत्थलाई यस कथाले अगाडि ल्याएको छ । फोनको भरमा प्रेम विवाह गरेर रोजगारीका लागि कतार पुगेको युवकले ‘म’ पात्रलाई फुच्ची र काली भनेर बिस्तारै बहिनीको साइनो जोड्छ । गर्भवती श्रीमतीस“ग फोन हुन छाडेको छ । एबोर्सन गरेको खबर पाउ“छ र फोन नगर्न चर्को आग्रह हुन्छ, सालाबाट । यिनै घटना फुच्चीलाई सुनाइरह“दा यस्तैमा बत्ती ¤याप्पै निभ्छ । फोनबाट पनि सम्पर्क हुन सक्दैन । यस्तै पक्षलाई व्यक्त गर्दै स्वास्नीमान्छे भनेको बदलि“दो बादल हो, पानी पार्ने, हरियाली ल्याउने र मौका परे बाढी ल्याएर तहसनहस पार्ने भन्ने सन्देश यस कथाले दिएको छ ।

‘भावनात्मक सम्बन्ध’ यस कथा सङ्ग्रहको नवौ“ कथा हो । यसमा केटा र केटीका बीच पवित्र भावनात्मक सम्बन्ध रहेपनि परिबन्दले अर्कैले पेट बोकाएकी केटीलाई सकार्नुपर्ने स्थिति आउ“छ भन्ने देखाइएको छ । स्याबाजा क्षेत्री केटा हो र सानी दमिनी हो । यी दुवै बाल संगाती हुन् । सानी कल बोकेर विष्टको घरमा लुगा सिउन जाने गर्दथी । यस्तैमा स्वास्नी मरेको एक्लो रनेको घरमा लुगा सिउन जा“दा सानी बलात्कृत हुन्छे र यो घटना हितको साथी स्याबाजालाई सुनाउ“छे । स्याबाजा रिसले आ“खा देख्दैन र रनेलाई झम्टेर उसको टाउको छिनाइदिने कबुल गर्छ । तर दुःखको कुरा ऊ त्यसै दिन शहर पसिसकेको हुन्छ । निचोडमा स्याबाजाकै सल्लाहले यो बिटुलिएको कुरा गुपचुप राखिन्छ । सानीको बिहे पनि एकवर्ष धकेलिन्छ । यता स्याबाजाको पनि विवाह जिमदारकी छोरीस“ग गर्ने तय हुन्छ । यस्तैमा धादिङको जोगिमारामा बस पल्टेर रने मरेको खबर आउ“छ । सबै कुरा ठिकै भइरहेको थियो । तर सानीको पेटमा गर्भ रहेको कुरा फैलन्छ र सबैले स्याबाजालाई नै शङ्का गर्छन् । सानीले यो रनेकै गर्भ हो, स्याबाजास“ग भावनात्मक सम्बन्ध मात्र हो भनेर बताए पनि कसैले सुन्दैनन् । अन्ततः स्याबाजाले दैलामा रहेको विष्णुको मूर्तिको अबीर सानीको सिउ“दोमा दलिदिन्छ र हात समातेर सानीलाई घिसार्दै घर भित्र पस्छ । यसरी भावनात्मक सम्बन्ध यथार्थमा हुन पुगेको तथ्यलाई यस कथाले स्पष्ट पारेको देखिन्छ ।

‘दुर्घटना’ यस सङ्ग्रहको दशौ“ कथा हो । यसमा ‘म’ पात्रको श्रीमती बुनुस“ग निकै प्रेम र आत्मीयता छ  । दुवै एक–अर्कामा माया प्रेम गर्छन् । बुनुलाई सन्तान चाहिएको छ र त्यो सन्तान आफू दिन सक्दिने । त्यसैले एकदिन अफिसबाट गाडीमा स“गै फर्कदा घरमा ल्याइएकी निर्जला, मामाकी छोरीलाई देखाएर एक्कासी ‘सरप्राइज’ दिएको कुरा गर्छे । पोखराको बिन्धवासिनी मन्दिरमा लगेर निर्जलालाई माला पहिराइदिन र सिउ“दो हालिदिन अह्राउ“छे । ‘म’ पात्र पनि लाचार बनेर ती सबै काम गर्छ र यो व्यवहारलाई दुर्घटनाका रुपमा लि“दै भावी दुर्घटनाको पर्खाइमा रहन्छ । यहा“ ‘म’ पात्रले प्रेमलाई सर्वोच्च स्थान दिन्छ भने श्रीमती बुनुले सन्तानलाई विशेष महत्व दिन्छे । यही विन्दुमा श्रीमतीको विजय देखाइएको छ ।

‘प्यासको उल्झन’ यस सङ्ग्रहको एघारौ“ कथा हो । यस कथालाई यौनकथाका रुपमा लिइएको छ । आरती विवाहित छे र उसको लोग्ने जीवन विदेश गएको पनि चार वर्ष बितिसकेको छ । अफिसमा कुरा हु“दा समेत जीवनको अभावले आरतीलाई सताएको हुन्छ । विवाह पछिको पहिलो सङ्गममा लोग्नेस“ग भएका कुरा र कामक्रिडायाहरू सम्झिन्छे । राती ऐनासामु बत्ती बालेर नाङ्गै अभिन्छे र आङ्खना गुप्ताङ्गहरू हेदै मख्ख पर्छे । नजिकै कोठामा बस्ने मुकेशस“ग यौन तृप्ति गर्छे । जीवनस“ग भन्दा बढी सन्तुष्टि मिलेको उसलाई अनुभव हुन्छ । मुकेशलाई पनि त्यस्तै तृप्ति हुन्छ । यौनको आवेशमा आएर आरतीले मुकेशस“गै विवाह गर्ने प्रस्ताव राख्छे । मुकेशलाई आङ्खनी श्रीमती र श्रीमतीबाट आएको दाइजोको सम्झनाले बिहेको प्रस्ताव नमानौ“ भन्ने लाग्छ । यही“ पुगेर कथा पनि अन्त हुन्छ । प्यास वा कामवासनाको उत्तेजनाले यो हुने यो नहुने भन्ने भेद गर्दैन र तृप्ति पाउन जे पनि गराउ“छ भन्ने फ्रायडीय यौन मनोविज्ञानलाई यस कथाले प्रस्तुत गरेको छ ।

‘बन्दको त्यो दिन’ यस सङ्ग्रहको बाह्रौ तथा अन्तिम कथा हो । यो बाल मनोवैज्ञानिक कथा हो ।  बालक बिजु आङ्खनो घर–परिवार गरीब छ भनेर बु¤दैन । उसले आङ्खनो आमाबाउलाई भिडियोगेम ल्याइदिन भनेको हुन्छ र त्यो नपाएर रिसाएको पनि छ । बिजुको बाउ ट्याक्सी ड्राइभर हो । पेट्रोल नपाएर हप्ता दिनदेखि साहुको ट्याक्सी चलाउन पाएको पनि छैन । बन्दको दिन हुनाले बिजुकी आमाले बाहिर ननिस्कने सल्लाह दिन्छे । तैपनि बिजुलाई लिएर उसको बाउ निस्कन्छ । यस्तैमा बिजुको बाउ, छोरो बिजुलाई का“धमा बोकेर पानीपुरी खुवाउन बानेश्वर चोकमा पुग्छ । त्यहा“ बन्दको पक्षमा ठूलो जुलुस हुन्छ । एक्कासी बन्दुक पड्कन्छ । बन्दुकको गोली का“धमा बोकिएको बिजुमा पुगेर ठोकिन्छ र बिजु रगतपिच्छे भएर मर्छ । यही पुगेर कथा पनि अन्त हुन्छ । बन्दको दुष्परिणाम र कष्टकर सामाजिक जीवनको चित्रण यस कथाले गरेको छ ।

यसरी ‘फ्रन्टपेज’ कथासङ्ग्रहका बाह्र कथाहरूले समाजका विविध पक्षको चित्रण गरेका छन् । मझौला प्रकृतिका कथावस्तु छन् । वस्तु अनुकूल पात्रको तर्जुमा भएको छ । सोही अनुकुल परिवेश निर्मित छ । स्वतस्पूmर्त स्वाभाविक संवादहरू छन् । कथा वस्तुलाई सामान्य र रैखिक ढा“चा भए पनि प्रस्तुतिको सीपले त्यसलाई ओज प्रदान गरेको छ । कथावस्तुमा मानसिक संवेदनाको जलप छ, प्रस्तुतिको मिठास छ, अनुभूतिको चमत्कार छ र प्रकृति जगतको व्यञ्जनात्मक उपस्थिति छ । प्रत्येक कथाले पाठकलाई तान्छन् र कथा समाप्त नगर्दासम्म त्यही“ नै अलमल्याउ“छन् । अथवा भनौ“, उत्सुकता जगाउने खालको चित्रण छ र अब के होला भन्ने प्रश्नले चियाइरहेको हुन्छ । कथाले पाठक÷श्रोतालाई तान्नु भनेको ठूलो कुरा हो । हुन पनि कुनै कथा पढ्दै जा“दा नसिद्धिदासम्म छाड्न मन लाग्दैन ।

धेरैजसो कथा प्रथमपुरुष दृष्टिविन्दुमा रचिएका छन् । ‘म’ पात्रले कथावस्तु परिवेश अनुकूल घटनालाई अगाडि बढाएको हुन्छ । कहिलेकाही“ कथावस्तुलाई पाठकले सोचेभन्दा भिन्न बाटोमा हि“डिदिन्छ र चमत्कार पैदा हुन्छ । ‘पीडा आफै“भित्र’ कथामा शकुन्तला लोग्नेको टोकेसो सहन नसकेर अनैतिक व्यवहारमा लाग्न नचाहेर माइतीको आश्रयमा आएकी हो । तर यहा“ पाठकको सहानुभूति बिना नै उसलाई माइतबाट पन्छाइएको छ । ‘ईश्वरलाई विज्ञानको चुनौती’मा कुनै पनि पाठकको विचारमा स्वस्तिकाले लिङ्ग परिवर्तन गर्छे भनेर सोचेको हु“दैन । ‘बन्दको त्यो दिन’ कथामा आन्दोलनको बन्दुकले बालक बिजुको ज्यान जानु भनेको अप्रत्यासित जस्तै घटना हो । यस खालको मोडमा पु¥याएर कथाको अन्त गर्नुपनि कथाकारिताको कौशल हो । त्यसको कल्पना सम्मपनि पाठकले गर्न पाउ“दैन । यस्तो आकस्मिक समाप्ति पनि सुबिसुधाको कथाशिल्प हो ।

‘फ्रन्टपेज’ का सबै कथाहरू उत्तिकै संवेद्य छन् । सबै कथाहरुमा नारीको सहभागिता छ । कतै प्रमुख पात्र भएर अनि कतै सहायक पात्रका रुपमा । सुबिसुधा नारी कथाकार भएर पनि उनको नारी र पुरुषलाई हेर्ने दृष्टिकोण समान छ, पक्षपाती छैन । यिनका कथामा दुष्ट चरित्रका नारी पनि छन् । जस्तै ः ‘सानीआमा’की सानीआमा, ‘फ्रन्टपेज’की उर्वशी, म भित्रको म’ की आशा र ‘प्यासको उल्झन’ की आरती । यिनीहरुलाई परिवेशले खराब बनाएको छ र खलपात्रको भूमिकामा यिनीहरु रहेका छन् । असल चरित्रका नारीको सिर्जना पनि कतिपय कथामा भएको छ । ‘पीडा आफै“भित्र’की शकुन्तला, ‘बदलि“दो बादल र स्वास्नीमान्छे’ कथाकी फुच्ची, ‘भावनात्मक सम्बन्ध’की सानी, जस्ता स्त्री पात्रहरू राम्रो चरित्र र विचार भएका नारीहरू हुन् । नारी चरित्रका दुवै पाटाहरूको प्रदर्शन गर्ने प्रवृत्ति कथाकार सुबिसुधामा छ र त्यसैको प्रयोग यिनका कथाहरूमा भएको छ ।

‘फ्रन्टपेज’ कथासङ्ग्रहका पुरुष पात्रहरू प्रायः निम्न वर्गका र केही मध्यम वर्गका छन् । निम्नवर्गीय पात्रहरू धेरै ज“ड्याहा प्रवृत्तिका छन् र आङ्खनो घरपरिवार समेत राम्रोस“ग समाल्न सक्दैनन् । ‘सानीआमा’ कथाका बाबु, ‘म भित्रको म’ कथाको प्रमोद, ‘प्यासको उल्झन’ कथाको मुकेश जस्ता पुरुषहरू खराब आचरणका छन् र यिनले घरलाई नै तहसनहस पारेका छन् । असल प्रकृतिका पुरुष पात्रको संयोजन पनि कतिपय कथामा भएको छ । ‘फ्रन्टपेज’ कथाको विप्लब, ‘आरनका गोलहरू’ कथाको बिर्खे कामी, ‘भावनात्मक सम्बन्ध’ कथाको स्याबाजा, ‘बन्दको त्यो दिन’ कथाको बिजुको बाउ जस्ता पात्रहरू असल प्रकृतिका छन् । यस सङ्ग्रहमा बाल पात्रहरूको पनि उपस्थिति छ । ‘सानीआमा’ कथाका अपाङ्ग अजिते, ‘ईश्वरलाई विज्ञानको चुनौती’ कथाको स्वस्तिका, ‘बन्दको त्यो दिन’ कथाको बिजु यस्तै बाल पात्र हुन् । समग्रमा पुरुष वा स्त्री तथा बाल पात्रको संयोजन निकै प्रभावकारी रुपमा भएको छ । प्रायः स्त्री पात्रकै प्रधानता देखाइएको छ । कतिपय कथाहरुमा नारी पात्रलाई सम्पूर्णतामा उभ्याउने काम भएको छ । शकुन्तला, स्वस्तिका, आरती, बुनु, उर्वशी आदि नारीपात्रहरूले कतै प्रमुख रुपमा त कतै गौण रुपमा आङ्खनो नारी अस्मिताको प्रदर्शन गरेका छन् । कथाकार सुबिसुधाको विशेषता के छ भने उनले कथामा जुन पात्रलाई स्थान दिएकी हुन्छिन् त्यो पात्र स्वयं आङ्खनो परिचय र व्यक्तित्व लिएर आएको हुन्छ । साथै कथातन्तुमा त्यो गौण पात्र नै भएपनि कथाबाट अलग्याउन नसकिने गरी गा“सिएको हुन्छ । पात्रहरुका नाम पनि भरसक नाताबाट नै दिन खोजिएको छ । बिजुको बाउ, कुमारकी दिदी, मामाकी छोरी, माझघरे साइ“ला, जुजुमानकी श्रीमती, अजितेकी सानिआमा, अजितेका दिदी–भिनाजु, श्रवणको बुवा, डा“डाघरे पण्डित बाजे जस्ता सम्बन्धबोधक र सामान्य खालका शब्दहरुले कथालाई अझ बोधगम्य तुल्याएका छन् । ‘म’ पात्रको प्रयोग सर्वाधिक छ र नामधारी पात्रहरूको सङ्ख्या भने निकै कम छ । यसकारण पनि कथावस्तुलाई सम्झन सहज भएको छ ।

‘फ्रन्टपेज’ कथासङ्ग्रहमा मनोभावनालाई बुझाउन, अन्तर्मनका तरङ्गलाई भाषामा रुपान्तरित गर्न कथाकार सुबिसुधाले स्वयंलाई र संवादका माध्यमबाट पनि नया“ नया“ विम्ब अलङ्कार र प्रतीकको संयोजन गरेकी छन् । केही उदाहरण हेरौ“ –

राता आ“खामा आ“सु फेवा बनेर टलपलाईरहेको थियो । तुसारोको बर्को ओढेर हिउ“को डसनामा सुत्दाको झै“ अजीवको कम्पन थियो सानीको शरीरमा ।
(भावनात्मक सम्बन्ध)

सानीको पीडामा मूकदर्शक बनेर घाम मानेडा“डाबाट बादलको चस्मा लगाएर बिदाइको हात अल्लाउ“दै ओझेल प¥यो । टुनीको डालीमा बसेर धोबिनी चिरबिरायो आङ्खनै सुरमा, हुनसक्छ सानीको समस्या, पीडा र वेदनाको नालीबेली लगाउ“दै थियो ।
(भावनात्मक सम्बन्ध)

अरु त महिलास“ग टा“सिएर बस्दा पनि स्वर्गीय सुखानुभूतिको कल्पनामा फतक्क गल्छन् कुहिएको फर्सी झै“, पग्लन्छन् मैनबत्ती झै“, तर परस्त्रीप्रति नकारात्मक कुविचार कहिल्यै टुसाएन मेरो मनमा ।
(फ्रन्टपेज)

सानीआमास“ग आ“खा जुधाएर सवाल लडाउने पक्षमा सोच्न पुग्दा पनि प्राण भित्र मेरो रगत झन बढी उम्लिएर दौडन्थ्यो । हुचिलको छाया परेको सर्पजस्तो पिताको सन्तान हामी बघिनीको अगाडि न्याउरी मुसोले पन्जा लडाउन खोजेजस्तै थियो सानीआमास“ग मुख खोल्नु भनेको ।
(सानीआमा)

खुल्ला आकाशको संघारमा स्वच्छन्द कावा खा“दै उड्ने पन्छी झै“ संसारिक दुनिया“मा स्वतन्त्रताको मसाल झो“सेर बा“च्न, हा“स्न अनि रमाउन चाहन्थे“ म पनि ।
(म भित्रको म)

यसरी सर्वाङ्ग नग्न निर्वस्त्र पहिले कहिल्यै आफूलाई ऐना अगाडि नियालेकी थिइन आरतीले । अलिकति लाज हुत्त उम्लेर भिजाउ“छ उसलाई ।
(प्यासको उल्झन)

हो, आइमाई बादल नै हो र त मौसम अनुसार रुप, आकार, गुण बदल्न सक्छे । आफूलाई चाहिएको बेला बादलले पानी बर्साउ“छ, त्यो पानीको आगमन सुखदायी भैदिन्छ ।
(बदलि“दो बादल र स्वास्नीमान्छे)

मैले कतै स्वास्तिका नै हो कि भनेर खुब नियाले“ उसको अनुहार, तर ओठमा जु“गाको रेखी हल्का बसेको थियो भने छातीको सगरमाथा ठ्याम्मै थिएन, जुन गला मिलाउ“दा अनभव गरेको थिए“ मैले ।
(ईश्वरलाई विज्ञानको चुनौती)

तल इन्द्रावती जवान भएर उर्लिएको सुनिन्छ । यस्तो लाग्छ खोला बिस्तारै बढेर उक्लदै छ पहाड र भेट्दैछ बिर्खेको छाप्रोलाई ।
(आरनका गोलहरू)

यस खालका प्रशस्त उदाहरण छन् यस सङ्ग्रहमा । जुन कुरा भन्नु पर्ने हो त्यो सम्प्रेसित गर्न कथाकार सुबिसुधाले नया“ नया“ विम्ब र प्रतीकको प्रयोग गरेकी छन् । यो मिठास सबै कथाकारबाट प्राप्त हु“दै हु“दैन । विषय सामान्य छ तर बक्रोक्तिपूर्ण काव्यभाषाको प्रयोग गरेर त्यसमा चमत्कार ल्याउने प्रक्रिया अ“गालिएको छ । भाव सम्प्रेषण गर्ने यो नौलो माध्यम हो र यसैले भनाइलाई तिक्खर बनाएको छ । उत्सुकता र कौतुहल सिर्जना गर्न पनि यो प्रक्रिया प्रभावकारी बनेको छ ।

सुबिसुधा आचार्य नेपाली आख्यान जगतको उल्लेख्य प्रतिभा हुन् । सामान्य घटना र परिदृश्यलाई पनि आलङ्करिक र विम्बमय भाषाको प्रयोगले चम्काइने अनि अभिव्यक्तिमा रौनक ल्याइदिने कथाकार सुबिसुधा नेपाली साहित्यमा विशिष्ट नारी हस्ताक्षर हुन् ।

– प्रा.गोपीकृष्ण शर्मा
ज्ञानेश्वर काठमाडौं

(स्रोत : काव्यसुधा डट कम)

This entry was posted in पुस्तक समीक्षा and tagged , . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.