गजल : घर कस्तो हुनु पर्ला

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

म आज सोच्दै छु मान्छे वस्ने घर कस्तो हुनु पर्ला
कल्पना गर्दैछु असल मान्छेको रहर कस्तो हुनु पर्ला ।

मान्छेहरु मानवियताको छायावाट पर-पर सर्दै छन
मान्छे नै मान्छेले बनाएको शहर कस्तो हुनु पर्ला ।

जिन्दगी जिउने कला सबैको आ-आफ्नै हुदोरहेछ
मान्छे भित्रको मान्छे जोख्ने तराजु कस्तो हुनुपर्ला।

दुई दिनको जिन्दगीमा व्यर्थैमा रिस राग किन गर्ने ?
बेदनाहरु हटाएर खुसी साट्दाको पहर कस्तो हुनुपर्ला ।

शंकाको वातावरण हटाएर विश्वासको दियो वाल्नेकी ?
एकताको सुत्रमा वाधिएका मान्छेको लहर कस्तो हुनुपर्ला ?

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.