कविता : बूढो भैएछ

~सोम खनाल~som-khanal

कपाल मात्र फुल्या हो की भन्या हैन रैछ
बाटो मात्र भुल्या हो की भन्या हैन रैछ
यूग भन्दा पछि पछि पर्दै गैयेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ ।

जवानीमा देखेका ती सपनाहरु खोज्दै
काडाहरु पन्छाउदै फूलहरु रोज्दै
उतै पुगे भनेको त यतै रहियेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ ।

आफै तिर फर्की हेर्छु कस्तो कस्तो लाग्छ
मुहार पनि आफ्नू हो की हैन जस्तो लाग्छ
आफै लाई चिन्न पनि चेस्मा चाइयेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ ।

जिन्दगी को जहाजलाई अघि अघि ठेल्दै
चुनौतिका छाल माथि पौडी खेल्दा खेल्दै
समुन्द्रका ज्वार भाटा धेरै सहियेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ ।

कति चाँडो दौडन्छ यो समय को सुई ?
अरू सबै कता पुगे आफू मात्रै उहीं
जमाना लाई नचिनेर धोका पाइयेछ
तन्नेरी छु भन्दा भन्दै बूढो भैएछ ।

December 31, 2010

(स्रोत : रचनाकारको फेसबुकबाट सभार)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.