~हरि मानन्धर “विवश”~
फूल खोज्दा काँडा मात्रै मिल्छ कति काली
नङ्गाएर आफैलाई छिल्छ कति काली
नचिनेको बेश हुन्थ्यो त्यो साँझमा भेटि
बिछोडिने पीडाले नै चिल्छ कति काली
हुरी चल्छ मनभित्र, अँधकार देख्छु
विवशलाई भयले नै निल्छ कति काली
यी दुइ शेरहरू रिफ्रेन्सका लागि मात्रै
घाउहरू दुखिरहे बनाएर छाप
सधैभरि बल्झिरहने खिल् छ कति काली ।
सधै भरि माया गर्छु भनेकैथ्यौ पहिले
अहिले फेरि निष्ठूरी त्यो दिल छ कति काली ।
हरि मानन्धर “विवश”
सेप्टेम्वर ०९, २०११ मा रचना गरिएको जतिबेला म
तेल अभिभ, इजरायलमा थिएँ ।
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )