~रवी प्राञ्जल~
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२।

सबै बेहोशी नशा पिएर।
सपना फुटेर, आँसु बनेछ, त्यो आँसु फेरी व्यथा बनेछ। …२
आँसुका थोपा मोती बनेर, उदास मनको कथा भनेछ …२।
सबै बेहोशी नशा पिएर।
सुनसान बगरमा आँधी चलेछ, फैलेर आँधी चाहना बनेछ।…२
न अटेर माया अन्जुली भरेर, ढलपल आँखा सागर भुलेछ…२।
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२।
सबै बेहोशी नशा पिएर, बिना पिएरै बेहोश छु म।
अरु निर्दोषी माया भुलेर, बिना भुलेरै दोषी छु म…२।
सबै बेहोशी नशा पिएर।
शब्द – रवी प्राञ्जल
स्वर /संगीत – भक्तराज आचार्य