~रामचन्द्र खतिवडा~
सोलुखुम्बूको उच्च हिमाली क्षेत्रको विकट गाउँमा नोर्बु शेर्पाको घर थियो । पन्ध्र वर्षअगाडि उनी त्यहाँ गरिबीको जीवन बाँच्दै थिए ।
उच्च हिमाली क्षेत्र जैविकताले भरिएको ठाउँ हो । प्रशस्त जडीबुटी र पर्यटकका कारण यस क्षेत्रले नेपालको अर्थव्यवस्थामा विशेष महत्व राख्छ ।
नोर्बु शेर्पाले बिस्तारै प्रगति गर्दै गए । पन्ध्र वर्षपछि उनी करोडौँका मालिक भए ।
एकदिन गफको सिलसिलामा मैले भनेँ– “कसरी सम्पत्ति कमाउनुभयो हौ नोर्बुजी ?”
उनले भने– “मैले समयलाई चिनेर सम्पत्ति कमाएको हुँ ।”
(स्रोत : सुरभि साहित्य प्रतिष्ठानद्वारा प्रकाशित रामचन्द्र खतिवडाको “दमिनी कान्छी” लघुकथा सङ्ग्रहबाट सभार)