~इलामेली टीकाराम दुलाल~
बचनको बान्ता गर तर नगनाउने
जताततै सत्बीउ छर तर नगनाउने
सही मार्गमा सही गर सफल हुन्छौँ
ल ल जेपमा अर्थ भर तर नगनाउने
दुई दिनको चोला हो राजै बिचार गर
वास्नै वास्ना छर हरहर तर नगनाउने
तिम्रा पछि लागुन मान्छे ज्ञानको लागि
लाखौ लाख हुन वरपर तर नगनाउने
२०७३।०७।२८ रोज १
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )