~शेर्पीनी कान्छी ‘निम’~
गजल उस्तै छ मात्र धुन बदलियो
अधेरि उही हो मात्र जुन बदलियो।
मालि संग डालि मागी भमरा रमायो
फूल मुल्य सस्तो नै छ सुन बदलियो।
माया प्रेमका राम्रा राम्रा कथा पढीयो
माया उही मायालुको गुन बदलियो।
हेर्दा मान्छे सबै एकनासको देखीयो…
रंग रातो भए पनि खुन बदलियो।
समयको खेल हेर उमेर ढल्की गयो
सबै उस्तै कान्छीको सकुन बदलियो।
-दोलखा, चरिकोट, नेपाल
(स्रोत : Bagaicha.com)