~आनन्द अधिकारी~
कति सम्झ्यौ कति बिर्स्यौ थाहा छैन
जति सम्झ्यौ त्यति लाख बिर्से पाप छैन
जाउँ भने कतै मेरो जाने ठाउँ छैन
सबै नाउँ तिमीले लियौ मेरो त नाउँ छैन
कसरी बाँच्ने हो एक्लै बाँच्नुको सार छैन
बढेसम्मा काँडामाझ पाइला बढ्न देऊ न
चलेसम्म यो मुटुलाई अरु चल्न देऊ न
जलनमा आस देऊ न जलनको मुल्य देऊ न
शब्द – आनन्द अधिकारी
स्वर – नरेन्द्र प्यासी
संगीत – आशीष अविरल