~ए.पी. सुमन~
जब मेरो खल्तीमा नि, अलिकति दाम हुछ
बगलीमा छुरै होस्, मुखमा रामराम हुन्छ
ऊ हड्डी घोटेर आफ्नो, पसिना निकाल्छ
तैपनि उसको झुपडीमा, न कहिल्यै माम हुन्छ
युद्धमा ढलेको सिपाहीलाई, प्रियसीको तस्विर
अन्तिमपल्ट छातीमा, बेस्सरी लगा म हुन्छ
मेरो हजुरबुबा सधैँ, यही नै भन्नुहुन्थ्यो
सरकारी काम बावु, कहिले जाला घाम हुन्छ
आमा तिम्रो चरणमा, शिर विसाउन पाए
मलाई त्यहीँ स्वर्ग, त्यहीँ चारधाम हुन्छ
(स्रोत : मझेरी डट कम)