गजल : उठ्न पर्छ है

~लिल बहादुर खत्री ‘ललित’~Lil Bahadur Khatri 'Lalit'

अव त विहानि हुन थालि सक्यो उठ्न पर्छ है
सबैजना मिली राष्ट्र निर्माणमा जुट्न पर्छ है ।

भत्किएको घर अनि चर्किएको आगन
नव निर्मार्ण कार्यमा एकजुट हुनु पर्छ है ।

नदिनाला खेर गए सदुपयोग गर्ने हो की
आत्म निर्भर बन्नलाई सबै जुट्न पर्छ है ।

नाका वन्दी भएपनि झुक्दैन यो नेपाली मन
आफ्नै देशको खानीहरु खोतल्न जुट्न पर्छ है ।

हिमाल पहाड कराउदै छ जडिबुडी प्रसोधन गर भनि
पुर्वि दिशामा लालि किरण छाई सक्यो उठ्न पर्छ है ।

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.