~लोक राज भट्ट~
हिमालको घुम्टो ओढेर
ओठको जवानी सरह
चाँदनी र पन्चेश्वरीको यात्रामय लहरमा
अधेरीमा टल्किने मृगनयनी
सुर्मा र रामारोसनका
दृष्टीपटल सँगै
देशको दर्पण
सुदुरकुनामा सजाएर
एकिकरणका नायकहरुले छलीयामा
समालेको सन्तुलनको तुलो नाप्दै
थोपाले पोखरीको तरङ्गमा
पानीको डोरी बटारिएझै
बुढ्यौलिहरु निधार खुम्चाउदै
कुमाउनीको सुर्के थैली
उधिनिरहेकाछन ,
सायद यही हो सुरुवाती
मैले खोजेका कबिताहरुको
बंश बिस्तारको ।
लोक राज भट्ट
वायल डोटी
हाल धनगढी
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)