लघुकथा : महिला

~प्रेम सुब्बा ‘मेन्याङ्बो’~Prem Subba Meyangbo

पसल जादा कहिले काही भिकारी महिला अर्थात गरिब महिला लाई १ रुपैया ( १ रियल ) दिने गर्थे त्यो कार्य धेरै दिन चली रहेको थियो ।

एक दिन भिकारी महिला लाई १ रुपैया दिए र त्यो महिला ले भन्यो सुक्रन ( धन्यवाद )

तर पैसा त्यो महिला बाट पनि अर्को छेउमा उभिएर मोबाइल मा बोल्दै गरेको महिला लाई दियो ।

र भन्यो यो पैसा उहा सर ले दिनु भएको र पैसा भने त्यो महिला ले लियो । सयद त्यो मोबाइल मा बोल्ने नै भिकारी होला ।

मलाई अचम्म लाग्यो तर त्यो महिला अरबिक रहेछ सयद धनी नै होला र म झसङ्ग भए अनि मन मा अलिकति चिसो पस्यो ।

पसल बाट एक ब्याक्ती ( ड्राइभर ) निस्कियो र उनी हरु आफ्नो बाटो लाग्यो । म भने सोच मा परे

मेरो देश र मेरो गाउँ ठाउँ एस्तो सामान्य कुरा ( घटना ) भएमा कस्तो रुप लिने थियो होला । के जबाफ पाउने थिए ।

एस्तै सब्द हरु कि म हैना उसलाई दिनुस् , तैले मलाई भिकारी सम्झिस ? वा के सम्झेर तैले मलाई पैसा दिएको ? अन्य कुरा सुन्न पर्थ्यो होला ।

मेरो देश मा भिकारी र करोड पति हरु सजिलै चिन्न सकिन्छ उनी हरुले लगाएको पोसाक हरु बाट र

हाम्रो ठाउँमा भिकारी हरु पुरानो र च्यात्तिएको कपडा लगाएर बस्ने गर्छ यहाँ भिकारी देखि करोड पति ले सबै महिला हरु ले कालो कपडा ( बुर्का ) लगाउने गर्छ चिन्नु पनि गाह्रो हुने रहेछ ।

सायद मेरो देश को दिदीबहिनी हरु पनि अलिकति त्यो महिला जस्तै बुझाकी भइ दिए भए राम्रो हुने थियो ।

तर हाम्रो गाउँ ठाउँमा एस्तो महिला छैना भन्न सकिन्दैना छ र भेटिन्छ विभिन्न ठाउँमा तर कम मात्र भेटिएला ।।

-प्रेम सुब्बा (मेन्याङ्बो)

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in लघुकथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.