~बाबुराम पन्थी ‘गुल्मेली’~
कतीन्जेल बस्छौ एक्लै एक्लै घर मै फर्क साथी
लाला बाला संग बेग्लै बेग्लै घर मै फर्क साथी
पाखुरीमा बल छँदा बिदेशमा जिवन खेर नफाल
गरौंला केही धन्दा स्वदेशमा घर मै फर्क साथी
बाबा आमा रून्छन् सधै संझेर तिमी लाई हर पल
पर्ख्या छिन उनी यौवन साँचेर घर मै फर्क साथी
हेपीएर प्रदेशीमा नोकर बन्न अब छाडी देउ भो
उत्तम कुटी कै मालिक बन्न घर मै फर्क साथी
कतीन्जेल बस्छौ एक्लै एक्लै घर मै फर्क साथी
लाला बाला संग बेग्लै बेग्लै घर मै फर्क साथी
बाबुराम पन्थी ” गुल्मेली ”
तम्घास गुल्मी
(स्रोत : रचनाकार स्वयंले ‘Kritisangraha@gmail.com‘ मा पठाईएको । )