~केवल गंगा गुरुङ~
अव मैले भने जस्तै
तिमीले हुनै पर्छ
मलाई साथ लिई तिमी
संसार डुल्नु पर्छ
च्याति दिनेछु म ति म्रो आँखाबाट
लालचका पोष्टरहरु
खोली दिनेछु म
तिम्रो आँखामा बाँधिएका
अन्धकारका पट्टीहरु
अव मैले भने जस्तै
तिमीले हुनै पर्छ
सागर माथी शिरमा राखी
तिमीलेसंसार डुल्नु पर्छ
भत्कि सके जति थिए
शान्तिका ती स्तूपहरु
काटी सके जति थिए
ज्ञानका ती वृक्षहरु
विचार उदाएर तिमी
अव जुर्मुराउँनु पर्छ
तिम्रो जन्मभूमि वेरी बस्ने नागलाई
तिमीले अव काट्नै पर्छ
दिनानु दिन भास्सिदै छ
तिम्रो आँगनको डिलहरु
दिनानु दिन चोरीँदै छ
तिम्रो गाह्रोको र्इट्टाहरु
संघार नाघी सके
अव चुलो हडप्नु मात्र बाँकी छ
त्यसैले
अव मैले भने जस्तै
तिमीले गर्नै पर्छ
आँटी चड्न खोज्ने वैरीलाई
तिमीले भर्याङ मै मार्नु पर्छ
पछि नहट पीडीत मानव
तिमीले यत्ति गर्नै पर्छ
आफ्नो आँगन आफ्नो संघार
तिमीले जोगाउँनै पर्छ
तिमी अझै पनि सुस्तायौ भने
तिम्रो छाना तिमी माथी नै झर्ने छ
तिमी ओत लाग्ने धुरीले
तिमीलाई नै पुर्ने छ
त्यसैले म भन्दैछु
अव मैले भनेको तिमीले सुन्नै पर्छ
मैले लेखेको अर्थ तिमीले बुझ्नै पर्छ
आफ्नो प्राण धान्न तिमीले
खेतको कुलो सोझ्याउँनै पर्छ
तिमीलाई बाँच्न मन छ भने
सगौरव बाँच्न मन छ भने
तिमी ……….मैले भने जस्तो हुनै पर्छ
(स्रोत : कविता कुसुम)