~कृष्ण पौड्याल~
भेट्नु किन पर्यो स्वार्थ पुरा गरेपछी।
नलिनु भो मेरो नाम जिउदै मरेपछी॥
सँगै बाच्ने मर्ने बाचा कसम मन्दिरका।
सबै त्यागी एक्लै एक्लै तिमी खोली तरेपछी॥
मायामा के कमी पायौ विश्वास थिएन की।
झुठो आरोप दियौ पराई तिर सरेपछी॥
सफल पार्न प्रेमलाई संघर्ष कती गरें।
चकनाचुर भयो तिम्ले सिन्दुर भरेपछी॥
जस्को लागी ईष्ट मित्र छोड्न सम्म राजी थिए।
बिउझिएछु निदृयिको जालमा परेपछी॥
कृष्ण पौड्याल
बम्घा एक गुल्मी
(स्रोत : रचनाकारको ब्लगबाट सभार)