~चेरेहामसो क्याबा~
समयको चक्रले
कहिले किचिएर
कहिले थिचिएर
जाँतोको मानी झैं
खिइँदै गएको आयुको ह्राससँगै
कतै पानि झरीले ओसिएर
खरीजुका झैं ढाडिदै गएको
कतै धामको रापले पिल्सिएर
मरिचको दाना झैं चाउरिदै आएको
यो अुहारको अस्तित्व खोज्न
पीरैपीरको खकन भिरेर
भीरैभीरको अप्ठ्यारो छिचोल्दै
आरोह अबरोहहरुमा थकित मनलाई
रक्सीको चौतारीमा विसाएर
जिन्दगीलाई गिलासको गहिराइमा नाप्छु ।
अनि
निस्पट्ट अँध्यारो रातमा बाफिएर
रातको निस्पट्ट अँध्यारोमा बाफिएर
अँध्यारो रातको निस्पट्टमा बाफिएर
पाकेको मःमः जस्तै
बिक्री हन्छन मेरा सपनाहरु
सितन भएर
रित्तिन्छन मेरा कल्पनाहरु
बोतल भएर
अनि ह्याङ ओभरबाट झसँग ब्युँझदा
निस्लट्ठ निद्रामा स्वप्नदोष भएर
खेर गइरहेको वीर्य जस्तै यो जिन्दगी ।
चेरेहामसो क्याबा
खिँची निभारे, ओखल्ढुंगा
June 15th, 2011
(स्रोत : Sunuwar.org)