~बसन्त थापा~
त्यो घटना भएको पुग न पुग ६ दशकको समयमा नरेलाई मैले फेरि कहिल्यै देखिनँरु। के भयो होला उसलाई त्यसपछि?
माथ्लो छाताचोकमा पुरानो बजारतर्फका घरहरूको लर्कोमा एउटा टुमौटे घर बनाएर सरेपछि हामी बजारिया त भयौं तर, त्यहाँको समग्र वातावरण र मानिसहरूको जीवनशैलीरुबिल्कुल ग्रामीण थियोरु। हाम्रो ठ्याक्कै सामुन्नेको घरमा बस्ने घैंटेको परिवार ढिकीमा चिउरा कुट्थ्योरु। मानिस खेतीकिसानी गर्नुबाहेक गाई, भैंसी, कुखुरा, बाख्रा र सुँगुर पाल्थेरु। सबैको जिन्दगी कुनै न कुनै तरीकाले वनसित जोडिएको थियोरु। घाँस, दाउरा, सोत्तर, घोचाघारा, थाँक्रा जेका लागि पनि वनै धाउनुपर्थ्यो।
मलाई पनि सानैदेखि आफूभन्दा ठूलालाई पछ्याएर वन पस्ने बानी परेको थियोरु। कहिले खरायो र बट्टाई लखेट्न गयोरु। कहिले वनतरुल खन्नेहरूसित खन्ती बोकेर गयोरु। कहिले गुलेली खेलाउनेहरूसित चराको शिकारमा गयोरु। कहिले बेल र मलेश्वरी टिप्न गयोरु। कहिले बर्खे च्याउ, जिब्रे साग र पिड्के च्याउ टिप्न गयोरु। कहिले खोलामा दुवाली छेकेर माछा मार्न गयोरु। कहिले रूखका लचिला हाँगाहरूमा सैसला र लहरामा पीङ खेल्न गयोरु। मौका पर्नासाथ कुनै न कुनै बहानामा वन चहार्न गइहाल्थेंरु। बर्खाको बेला वन जानु त झ्नै रमाइलो लाग्थ्योरु। कति पटक पानीले निथ्रुक्क रुझेको छुरु। कहिले एक्लै चाक्लो पात हुने कर्मा या त्यस्तै ठूलो रूखमुनि ओत लिएर बर्सादी छटा हेर्दै बसेको छुरु। त्यही कारणले होला अहिले पनि बर्खामा पानी पर्दा दौडेर वन पसुँपसुँ लाग्छरु। पानी पर्नुअघि वन सुसाएको, पृथ्वी र रूख पातहरूमा वृष्टि पर्दा उत्पन्न ध्वनिको सङ्गीत औधी रोमाञ्चक लाग्छरु।
सानो छँदा म क्रीडाकौतुक बाहेक हाम्रो घरपछाडि रहेको एक फोगटो कोठेबारीका कारण पनि वन जाने गर्थेंरु। सडक लाइनमा बनेका सबै घरका पछिल्तिर धेरथोर कोठेबारी हुन्थ्योरु। त्यसलाई खनीखोस्री बर्खामा मकै, फर्सी, काँक्रा, घिरौंला, खुर्सानी अनि हिउँदमा साग रोप्थ्यौंरु। त्यहाँ रोपिएका बालीलाई छाडा गाईबस्तुबाट जोगाउन बारबेर गर्नुपर्थ्योरु। फर्सी, काँक्रा, घिरौंलाका बोटलाई थाँक्रो हाल्नुपर्थ्योरु। त्यसका लागि चाहिने घोचाघारा लिन सर्दु खोला पुग्नुपर्थ्यो या होइन भने पञ्चकन्या डाँडो चढ्नुपर्थ्याे वा त्यसमुन्तिर सारङ्गाद्वार वरिपरिको वन चहार्नुपर्थ्योरु। हल्का उकालो र तेर्पे तेर्पे हिंडेर सजिलै पुग्न सकिने हुनाले हाम्रो दाउरा, घोचा, थाँक्रा सङ्कलनको गन्तव्य प्रायः सारङ्गाद्वार वरिपरिकै वन हुन्थ्योरु। हामी आफूभन्दा ठूला उमेरका दाइदिदीहरूको नेतृत्वमा सात–आठ जनाको दङ्गल बाँधेर जान्थ्यौंरु।
सुरो भएर एक्लै वन जाँदाको लोमहर्षक अनुभव मैले पाइसकेको थिएँरु। एक पटक कुन रनाहाले हो म एक्लै गएको थिएँ खुकुरी हातमा लिएर पञ्चकन्याको वनमारु। धरानमा बिजुली आएर सालका सुरिला रूखहरू सखाप पारिनुअघिको बेला थियो त्योरु। अति बिहड थियो त्यहाँको वनरु। एउटा थाँक्रो काटेर घिसार्दै फटाफट फर्किहाल्ने सुर थियो मेरोरु। मास्तिर झयाम्म फुर्का परेको खोजे जस्तै सुरिलो थाँक्रो फेला पर्यो पनिरु। त्यसलाई काट्न रूख चढेर खुकुरी चलाएँ, तर दाहिने हातको खुकुरीले घोचाको सट्टा आफ्नै बायाँ हातको चोरऔंलाको टुप्पा ताछ्योरु। म भल्भली रगत बगिरहेको चोरऔंलालाई कमेजको फेरोमा लपेटेर हतास खालिहात घर फर्केको थिएँरु। त्यस दिनदेखि घोचाघाराका लागि मलाई फेरि एक्लै वन पस्ने आँट भएनरु।
रमाइलो नै अर्को हुन्थ्यो हूल बाँधेर वन जाँदाखेरिकोरु। केही परे साथीसँगी र दाइदिदीहरू छँदैछन् भनेर ढुक्क हुन्थ्यो मनरु। अनि भर्खर भात खाएको पेट लिएर वन पस्दा सबै रमाइलो मूडमा हुन्थेरु। हाँस्थे, गाउँथे, जिस्कन्थे, ठट्टा गर्थेरु।
त्यस दिन पनि हामी दङ्गल बाँधेर लाग्यौं सारङ्गाद्वारको वनतिररु। हूलमा थिए हामीभन्दा ६–७ वर्षले जेठी बैंसालु उमेरका बिजुली, देशमाया र भुन्टीरु। घैंटेको भाइ काले थियो, जो उमेरमा मभन्दा दुईतीन वर्षले जेठो हुँदो होरु। बिजुलीको भाइ रामे पनि थियो क्यार हामीसित र एक–दुई जना हामी नौ–दश वर्षका ठिटा थियौंरु। एककिसिमले त्यस दिनको हाम्रो टोली नेता बिजुली दिदी थिइन्रु।
मैले त्यस दिन आमालाई ‘सरप्राइज’ र तत्काल उपयोगी वन्य उत्पादन दिने हिसाबले लुकाएर नाम्लो बोकेको थिएँरु। म बिजुलीहरूले झैं दाउराको भारी बोकेर ल्याउन चाहन्थें सधैंझ्ैं घोचाका बिटा होइनरु। सन्तानमा जेठो भइखाएकोले वनबाट घोचाथाँक्रा घर ल्याउने अभिभारा त यसअघि नै मैले आफ्ना टाउकामा बोकिसकेको थिएँरु। यस पटक भने दाउराको भारी आमासामु गिराएर मैले लिएको थप जिम्मेवारीलाई प्रदर्शित गर्न चाहन्थेंरु। शायद मभित्रको मर्द छोरा हुँ भन्ने ग्रन्थिले मलाई त्यसो गर्न उत्प्रेरित गरेको थियोरु। मेरो टोलीका सदस्यहरूले पनि मलाई हौस्याइरहेका थिएरु।
वन पसेर घोचाका लागि सुरिला लाथ्रा र हाँगाहरू हेर्नुको सट्टा सुकेका दाउरा बटुल्नु अनि लामा दाउरालाई ठुन्क्याउनु नौलो अनुभूति थियो मेरा लागिरु। बटुलेका दाउरालाई लहराले कसेर भारी बनाउनु र भारीलाई बरियोले अँचेटेर थाप्लामा नाम्लो हाल्ने काम झ्न् चुनौतीपूर्ण थियोरु। कालेले मलाई भारी कस्न मात्र होइन बोक्न पनि सघाइदियोरु। देखे जस्तो सजिलो थिएन नाम्लाले भारी बोक्ने कामरु। पाखो वनको एक फित्को उकालो पार गर्न पनि मलाई हम्मे परिरहेको थियो घिच्रो अररिएररु। नाम्लाको बोझ् वास्तवमा घिच्रोले थाम्दो रहेछ, घिच्रो सोझो पारेर हिंड्न सक्नु अभ्यास चाहिने रहेछरु। आफैंले आँटेको काम गर्न नसक्नु लाजमर्नु कुरा थियोरु। त्यसैले ठूलो यत्नले उकालो पार गरेर छड्केछड्के हिंड्दै म पहिलो बिसौनीमा पुगें जहाँ सबै अघि नै पुगेर मलाई पर्खिरहेका थिएरु। मेरो अभरिलो हिंडाइ र बाङ्गिएको घिच्रो देखेर बिजुली, देशमाया, भुन्टी सबैले ‘कोचिङ’ दिए, कसरी सही तरीकाले थाप्लामा नाम्लो हाल्ने भनेररु।
वैशाखको लामो दिन, त्यस्तै तीन–चार बजेको हुँदो होरु। कुनै हतार थिएन घर जानलाईरु। हामी आरामसाथ चौतारामा गफिंदै थियौं आफ्नै सुरमारु। अचानक झ्ाडीबाट ६ जना लाठे झवास्स देखापरे हाम्रा अघिल्तिररु। हामी अकमकायौंरु। उनीहरू पहिले कसैलाई लक्ष्य नगरी ‘गह्रौं भयो भारी, हामी सघाइदिऊँ?’ भन्न थालेरु। त्यसपछि बिजुली दिदीलाई सोझै लक्ष्य गरेर अनेकओली भन्दै जिस्क्याउन थालेरु। दुई जना अघिसरा हात्तीसारका नरे र टेके थिए– बीस–बाइस वर्षकारु। केहीअघि मात्र ती दुई मिलेर हाम्रो चोकमा चिया दोकान खोलेका थिएरु। चना, आलुको तर्कारी आफैं बनाएर बेच्थेरु। नरे दाबिले जीउको थियो भने टेके गोरो र बलिष्ठरु। दुवै जनाले मलाई चिन्थे, तर अरू बेलाझैं चिनेजस्तो गरेनन्रु। अरू चार जनालाई मैले चिन्न सकिनँ, शायद हात्तीसारकै सार्की टोलका ठिटाहरू थिएरु। उनीहरूको एकोहोरो नजर बिजुलीमाथि थियोरु।
वनमा बिजुली कतिखेर जाँदी हुन् भनेर उनीहरूले कहिलेदेखि चियो गरेर योजना बनाइरहेका हुनन्रु। अहिले उनीहरू आफ्ना योजना कार्यान्वयनमा जुटेका थिएरु।
उनीहरूको अचाक्लीबाट बिजुली चिढिइन्, देशमाया र भुन्टीले पनि प्रतिवाद गरेरु। तर उनीहरूले जिस्क्याउन छाडेनन्, बरु झ्न् झ्न् हामीनेर आउन लागेरु। बिजुली भारी बोकेर हिंड्नलाई उठिन्रु। उनले दाउराको अतिरिक्त घोचाको एक बिटा पनि भुन्टीसँग मिलेर झुन्ड्याएकी थिइन्, दाहिने हातलेरु। हामी पनि आ–आफ्ना भारी बोकेर जर्याकजुरुक उठ्यौंरु। हामीले दुईचार पाइला के सारेका थियौं नरे र टेके अगाडि बढेरु। बिजुलीले बोकेको दाउराको भारीलाई घचेटेर गिराइदिए, घोचाको बिटोलाई लत्याएरु। बिजुली जङ्गिइन्रु। त्यति नै बेला नरेले बिजुलीलाई च्याप्प समातेर टेकेको सहयोगमा काँधमा बोक्यो र दगुर्योरु। अघि जहाँबाट देखापरेका थिए त्यही झाडीमा बिजुलीलाई बोकेर उनीहरू अलप भएरु।
हामी करायौं, चिच्यायौं र उनीहरूको पछि लागौं कि के गरौं, बिलखबन्दमा पर्यौंरु। बाँकी चार जना लाठेले हामीलाई आँखा तरे, हात उज्याएर धम्क्याए अनि दौडेर त्यही झाडीमा हराएरु।
देशमाया र भुन्टी रुँदै कराउन लागे, हामी फुच्चेहरू सन्न परेर उभिएका थियौंरु। हाम्रो बिलौना सुनेर आएका उद्धारकर्ताझैं त्यति नै बेला पर कुइनेटामा देखापरे मेरा मीतबारु। उनी एउटी स्त्रीसँग हामीतिरै आइरहेका थिएरु। तिनीसँग मीतबाको प्रणय सम्बन्ध रहेको हल्ला टोलछिमेकमा चलेको थियोरु। उनीहरू ग्राम्यविहार गरेर फर्किरहेका थिए, शायदरु।
नाम मिल्नेलाई मीत भन्ने र मीत लगाउने चलन थियो उसबेलारु। उनको पुर्ख्यौली धनकुटाको सिरवानी हाम्रो पुर्ख्यौली गाउँको एक खुट्किलोमुनिको नेवार बस्ती थियोरु। मेरा बा र उनले विधिपूर्वक नै मीत लगाएको हुनुपर्छरु। किनभने जगजाहेर थियो बाको मितेरी सम्बन्धरु। एकअर्काका परिवारका सदस्यलाई हामी यथोचित साइनो लगाएर सम्बोधन पर्थ्यो। बाटामा भेट्दा जहिले पनि एकदुई आना मेरा हातमा राखिदिन्थे मीतबारु। म सधैं खुशी हुन्थें उनलाई भेट्दारु। झ्न् त्यस बेला मीतबा घटनास्थलमा आइपुग्दा त हाम्रो टोलीकै खुशीको साँधी रहेनरु।
हामीले रोइकराई घटना विवरण बतायौंरु। मीतबा आफ्नी मासुकालाई हाम्रो साथमा छाडेर अपहरणकारी दल गएतर्फ हान्निए, टार्जनले झैं पोथ्रालाई नाघ्दै, कान्ला उफ्रंदैरु। शायद बिजुली उनको नजिककै नाता पर्थिन्रु।
तरुनी घिस्याएर बिहे गर्ने चलनबारे मैले नसुनेको त होइन, तर यसरी आफ्नै आँखा सामुन्ने कोही घिसारिएको पहिलो र अन्तिम पटक देखेको त्यसै बेला थियोरु। केटाले मन परेकी केटीलाई बलात् अपहरण गरेर कतै एक रात लुकाए पुग्थ्योरु। केटी उसैकी भएको समाजले मान्थ्योरु। बिजुली दिदीलाई नरेले स्वास्नी बनाउने भयो भन्ने पीर र उनको बचाउ गर्न नसकेको आत्मग्लानिले दबेको मुन्टो अनि घिसारिएको कहानी बोकेर हामी घण्टाभरमा घर पुग्यौंरु। केहीक्षणमै चोकमा हल्लीखल्ली भयोरु। बिजुलीको आँगनमा मानिसहरू भेला भएर के भयो, कसरी भयो, कहाँ भयो, को–को थिए के–के गरे आदि इत्यादि प्रश्न सोध्न थालेरु। हामी त्यही कुरा टेप खोलेझैं दोहोर्याई तेहेर्याई भनिरहेका थियौंरु। बिजुलीका बाबु मुर्मुरिरहेका थिएरु।
तुरुन्त हात्तीसार गई आफ्नी चेलीलाई नरेको हातबाट खोसेर ल्याइहाल्नुपर्छ भनी कोही सल्लाह दिइरहेका थिए, यसै गर्ने भनी निर्णय हुनसकेको थिएनरु। त्यत्तिकैमा मीतबा देखा परे, केही पर पानीट्याङ्कीको घुम्तीमारु। बिजुली रुँदै हिंडिरहेकी थिइन्रु। मीतबाले नरेलाई कठालो समातेर घिच्याइरहेका थिएरु। बाफ रे, मीतबा कसरी त्यति चाँडो हात्तीसार पुगेर अपहरणकारीलाई समात्न भ्याए? मलाई उदेक लाग्योरु। पक्कै पनि नरेहरू बिजुलीलाई लिएर सेउती खोलाको बगर हुँदै विजयपुरको डाँडो चढेर हात्तीसार पुगे होलान्रु। त्यो भनेको निकै लामो फन्को हो!
जेहोस्, मीतबाले घरछेउ आइपुगेपछि नरेलाई सगर्व सबका सामुन्ने खडा गरेर दुईचार लबटा कसेरु। नरेको अनुहारमा मीतबाका मुक्काको छाप पहिल्यै परिसकेको देखिन्थ्योरु। नरे कुटाइ, डर र अपमानले नीलो–कालो भएको थियोरु। उसको छायाँ जस्तो रहने टेके भने गायब थियोरु। बिजुली बाबुको आड लिएर उभिइन्रु।
भीडमा कल्याङमल्याङ भयो, अब के गर्ने? पाकाहरूले केरकार गर्न थाले नरेलाईरु। बिजुलीलाई स्वास्नी बनाउने हिसाबले घिसारेको उसले सकार्योरु। कसैले सुझ्ायो बिजुली राजी छ कि छैन सोध्नुपर्छ भनेररु। नरे र बिजुली दुवैको श्रेष्ठ थर भएकाले त्यहाँ जातीय विभेदको सवाल थिएनरु। धेरै जनाले एकमुख भएर सोधे बिजुलीलाईरु। उनले त्यो बजिया मलाई पटक्कै मन पर्दैन भनेपछि फेरि बर्सियो दुईचार मुक्का नरेमाथि, यस पटक हाम्रो चोकका तन्नेरीहरूबाटरु।
कसैको सुझ्ाव आयो, नरेले माफी माग्नुपर्छ बिजुलीको खुट्टा ढोगेररु। नरेले त्यसै गर्योरु। ‘आजदेखि तिमी मेरी बहिनी’ भन् भनेरु। उसले पिन्चे स्वरमा त्यसै भन्योरु। नरे अब भाग् भनेर धपाएरु। नून खाएको कुखुरा भएको ऊ झोक्रिएर बाटो लाग्योरु।
बिजुली घरभित्र पसिन्रु। भीड विस्तारै तितरबितर भयो घटनाको चर्चा गर्दै, नरेलाई धिक्कार्दैरु। ‘मनपेट बुझेर पो हात हाल्नुपर्छ, मन पराउँदैमा हुन्छ अर्काकी छोरी घिसार्न?’ मानिसहरू भन्दै थिएरु।
त्यस दिनदेखि नरे देखा परेनरु। चोकमा टेकेसितको पार्टनरसिपमा उसले चलाएको चिया दोकान बन्द भयोरु। बिजुली केही समयपछि पोइल गइन् जात मिल्ने केटासँग, जोसँग तिनको पहिलेदेखि पिरती थियोरु। धरान छाडेर काठमाडौं बस्न थाले पनि म धरान बेलाबखत गइरहन्छुरु। बिजुली दिदी त बज्यै बनेर त्यही ठाउँमा बुढ्यौली जीवन बिताइरहेकी देख्छुरु। त्यो घटना भएको पुग न पुग ६ दशकमा के भयो होला नरेलाई?
(स्रोत : हिमाल खबर १६ असोज – ६ कात्तिक २०७३)