कविता : पुनर्मिलन

~वसन्त प्रवीण~

तिमीसित जीवनको, नाता अटुट जोडिएको
थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको

साइनो यो हामीबीचको, भर्खरैको कहाँ हो र
अरुलाई भने अहिले, भर्खरै पो थाहा भो’ र

सँगै मिली पिरतीको, विरुवा ‘थ्यो गोडिएको
थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको

कति जुनी बितिगए, कति अझै बिताउनु
हरेक चोटि पाऊँ तिम्रो, छाती भित्रै निदाउनु

कल्पिन ‘ नि सक्दिन म, तिमीबाट टाढिएको
थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको

याद होला कतिपल्ट, बादलु मै उडीदिन्थ्यौं
मीठा-मीठा कुरा गर्दै, क्षितीज पारी पुगीदिन्थ्यौं

हुन्थ्यो हरेक सुख-दुख, एक-अर्कामा बाँडिएको
थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको

आऊ तिमी सम्झिएर, पर्खेको म हुँला
भेट हुँदा धेरैपछि, हात समाइ रुँला

बल्यौ तिमी कुन कुनामा, अन्तै थें’ म गाडिएको
थालौं त्यहींबाट जहाँ, पहिले थियो छाडिएको …

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.