~रामेश्वर राउत ‘मातृदास’~
थाङ्नो हुन्छ तास कुचिन प्रयोजनहीन झुम्रो
विषाक्त आफ्नै शरीरबाट निस्कन्छ जसरी जुम्रो ।
चुपचाप कहिल्यै मौन हुन्न जिन्दगी बग्ने खोला
हाास्नुपर्छ निर्झर नाच्नै गतिशील जीवन चोला ।
रुादैनन् हिमाल सिरेटो बतास आाधीले हानेर
को लान सक्छ अजम्बर आकाश डोरीले बानेर ।
हत्केलामा अट्तैन कहिल्यै हृयूाचुली उद्गम मूल
पीडा हुन्छ आफ्नै भूल विरसिलो हुन्छ शूल ।
मौन आकाश पीयूष – प्यास प्रीत छोपिरहन्छन्
नदी उर्लि बगिरहन्छन् सम्झना ब्युझी झन्झन् ।
– वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती
(स्रोत : मधुपर्क २०६७ जेष्ठ)