~केशव गौतम~
भारततिर नगएर चीन गए प्रचण्ड
चर्चा चल्यो- उत्तरतिरै किन गए प्रचण्ड –
सत्तालोभीहरूको आलोचना नियाल्दा
केही दिन राजनीति भुल्न गए प्रचण्ड ।
खेलप्रेमीहरूको हौसलामा पौडादा
ओलम्पिकमा सहभागिता दिन गए प्रचण्ड ।
समापनको बयान उनैबाट सुन्दाखेरि
बेइजिङको प्रगतिमा लीन भए प्रचण्ड ।
भारतकै सहयोगको मुख नताकी त्यहााबाट
पक्कै केही आश्वासन लिन गए प्रचण्ड ।
नेपालको राजनीति फेरिएको जनाउादै
गणतान्त्रिक प्रधानमन्त्री चिनिन गए प्रचण्ड ।
– भण्डारा-८, चितवन
(स्रोत : घटना र विचार राष्टि्य साप्ताहिकको इन्द्रेणी)