~इलामेली टीकाराम दुलाल~
नयन तालमा छाल आयो अनि पो त !
जिन्दगीले रून सिकायो अनि पो त !
तर हरेस त खानेवाला छैन भनि दिनु
उनीको यादहरूले सतायो अनि पो त !
नियतीलाई कस्ले भोग्नु पर्दैन र मित्र ?
मेरो कता कता मुटू खायो अनि पो त !
हलाहल हुन्न कोलाहल पनि मच्चाउदिन
तप्प चुहिने आसुले मतायो अनि पो त !
२०७३।०७।२८ रोज १
इलामेली टीकाराम दुलाल
नक्साल
(स्रोत : रचनाकार स्वयम्ले ‘साहित्य सङ्ग्रहालय’को फेस्बुक पेजको मध्यमबाट पठाईएको । )