कथा : उकुस मुकुस

~इस्माएल सुब्बा~Ismael Subba

सबैथोक त छ,तै पनि जिवनलाई सराप्ने कताबाट आदत बसेछ। अरूलाईभन्दा बढी अचेल आफ्नै जिन्दगी लाई देख्छ कुरूप र भन्छ थुक्क जिन्दगी। अनि एकोहोरिरहन्छ। म सोच्छु- मान्छेको जिवन के यति सस्तो छ र,एक बटल रम? के यो नै हो जिन्दगी….. भाइ मलाई थाहाँ छैन,जिन्दगीको बारेमा,म पिउँछु केही आन्नद र शान्तीको खोजीमा..मेरो मनले गरेको प्रश्नको उत्तर दिन्छ उ। अनि फेरी बोल्छ-थाहाँ छ भाइ,म सानो छदाँ देखी नै स्मार्ट,पढाइमा,सबै कुरामा एक्टिभ,तर जिवनको दौडमा म यसरी हारे कि यसको दोष कसलाई दिनु मैले,नियतीलाई,भाग्यलाई या स्वयंलाई??

भाइ,मलाई आमा बाबाले हिडाको असल गोरेटोमा हिड्दा यस्तो सजाय पाउँछु भनेर थाहाँ भाको भए,मैले पनि सिक्ने थिए सबै त्यो आर्टहरू जसले मान्छेको जिवन सरल पार्ने गर्छ। सरल यो रम जस्तो…..म मौन सुनिरहन्छु-भाइ मैले जिवनमा केही पनि गर्न सकिनँ,आइ एम युसलेस लाइक अ डस्टबिन। हो,डस्टबिनले सफा गर्ने काम गर्छ,तर त्यसलाई पनि थाहाँ हुदैंन कि त्यो कहिले मैला बनिसकेको हुन्छ र अरूले मन नपराउने…. म पनि त्यस्तै हो भाइ, मैले समाजको निम्ति भनेर गर्नु खोजेको हरेक कुराहरू कहिले उनिहरूको निम्ति फोहोर बनिसकेछ,थाहाँ नपाई। हो,धेरै पढेर पनि मैले केहि गर्न सकिनँ,तर मेरो त्यो ब्याडलक ले होइन, उनिहरूको योजनाले गर्दा हो। आमा बाले आफ्नो पसीना मेरो शिक्षा मा खन्याए,सबै पानी पानी भयो। तिमीलाई थाहाँ छैन भाइ, मेरो आमा बाले गरेको परिश्रम,जसरी उनीहरूलाई थाहाँ छैन जसले मेरो जागिर कुनि कुनचाहिँ पार्टीको कार्यकर्तालाई दियो।

यी सबै कुरा सुनिसके पछि म बोल्छु- दाज्यू किन यति नैराश्य?? अरे तपाईको मा पूर्ण शरीर छ,हेर्नुहोस त संसारमा कति जना यस्तोहरू पनि छन् जसले सबै थोक गुमाएर पनि अझ उठेको छ,हार मानेको छैन,अब तपाई नै भन्नुहेस के जिवनको सार हारेर नउठ्नु हो?? भाइ,म छक्क पर्छु तिमी जस्तो मान्छे पनि हुन्छ संसारमा। अब सुन….एक प्याक स्वाट्ट पार्छ… लडेर उठ्नु सजिलो छ,तर जब लडाइन्छ तब उठ्न साह्रो पर्छ किनभने लडाउनेहरू गिद्ध झै आखाँ गाडेर बसेका हुन्छौ,नजिकै…ह्रदयको। यो दाज्यूले धोका पनि खाएको रहेछ,र नै यस्तो कुराहरू गरिरहेछ। उ रोकिन्दैन- मैले भने नी भाइ, समाजको निम्ति भनेर गरेको कार्यहरू सबै दिखावटी रे, मैले छोएको हरेक काम उनिहरूको निम्ति आखाँमा बिजाउने काडाँ बन्दो रहेछ। मलाई थाहाँ थिएन।

जिवनमा सबै ठूलो कुराहरू,ठूलो खुशीहरू नै हुनुपर्छ भन्ने छैन नी…सा सानो कुराहरूले नै त बुनिएको हुन्छ हाम्रो सिङ्गो जिवन???…

भाइ यू आर राईट,यो कुरामा म पनि अग्री गर्छु… मैले पनि त्यस्तो अनेंकौ खुशीहरू पाएको छु…एकप्रकारको त्यो आभाष उनको आखाँमा देख्छु,जो उनि बोल्दै थिए… सानो छदाँ क्याटीस बोकेर जंगल जंगल कुद्थ्यौ,त्यहाँ हाम्रो एउटा अड्डा थियो,साथीहरूसगँ मिलेर त्यही खेल्थ्यौ। उपद्र गर्थ्यौ,गाली खान्थ्यौ,के के ताहिं गरेनौ होला त्यो समय,न कुनै चिन्ता,न कुनै समस्या…म प्रश्न तेर्साउँछु- अनि तपाईमा कसरी यस्तो परिवर्तन आयो-??

उनको मुहार फेरी त्यस्तै भयो,बेकारमा यो प्रश्न गरेछु भनेर उनी बोलेको सुन्न थाले- भाइ मान्छेले सोचेको र कल्पना गरेकोभन्दा ठिक उल्टो बहेर जान्छ समय,त्यस्तै भयो। मैले कलेज सके,त्यसपछि जबको निम्ति अप्लाई गरे…धेरै जगा तर अहँ मेरो भाग्यले साथ दिएन,तब बिस्तारै पिउन शुरू गरे,त्यसपछि के र मैले समाजहित गरेको कार्यहरू आडम्बर माने जमानाले… त्यसपछि इन्टरभ्यू हरू गइबसे तर पनि भएन। जहिले पनि क्वालीफाइड क्यान्डिडेड लाई डिस्क्वालिफाई गरेर अरूलाई काम दिने गर्छ यी सज्जनहरू… अन्तिम पटकको इन्टरभ्यूमा पनि त्यस्तै भयो,तर त्यतीबेला चाहिं आफैलाई पोक्न सकिनँ कारण रिजल्ट आउन पहिले नै पार्टी गर्दै थियो उसको घरमा,म पनि मात्तेर गए,झगडा गरिदिए अनि बने समाजको दोषी…..एक्लो…सबैको आखाँ अघाडी नराम्रो…अहिले यी,यही हो मेरो साथी….भन्दै स्वाट्ट पार्छ अर्को प्याक र पुकलुक्कै लडि दान्छन टेबलमा…

मेरो मनमा एकोहोरो प्रश्न दोहोरिरहन्छ-किन हामी आफ्नो जिवन सुन्दर बनाउन,अरूको जिवन कुरूप बनाउछौ???

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in नेपाली कथा and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.