कविता : सम्बन्ध

~गणेश पुर्बछाने मगर~Ganesh Purbachane Magar

म त एक सत्यधारी कलम हु
तर तिमि त एक अनबुझ धारिलो हतियार हौ
मेरो मन मा त सधै मेरो जनता प्रति
मेरै जनताको बिस्वाश माया यो मेरो मुटुमा
अटी नअटी गुम्सेर बसेको छ
त्यसैले होला म त सधै
जनता को बिस्वसिलो आवाज मेरो
भित्रि मनै देखि निडर ता को साथ
जनता सामु पोख्छु
तर …………………
तर तिमि त परेउ एक अनबुझ अर्थात
यहाँ तिमि कसैको आड लिएर
निर्दोष जनताको आवाज बोक्नु त कता हो कता उल्टै
एक लाटो कोसेरे चरी झै बनि
उल्टै जनताको आवाज बन्द गर्न पट्टि लाग्छौ
आखिर तिमि एक डरपोक काएर
कसैको आड मा चल्ने धारिलो हतियार न परेउ
त्यसैले होला हेई मुर्ख हतियार मलाइ त यस्तो लाग्छ
तिम्रो साथ मा मन हैन त्यसको सट्टा मा
तिमि भित्रि ढुंगा पो छ कि क्याहो???
नत्र भने तिमि किन अन्जान पल्टिएर
तिम्रो कुरुर अनुहार लाइ उत्तानो पारेर
एक लक्ष्य हीन हासो को खित्का छोडथेउ र ?

के यहि हो तिम्रो मेरो अस्लिल सम्बन्ध?
जहाँ तिम्रो विचार बेग्लै मेरो विचार बेग्लै छ
अर्थात तिम्रो लक्ष्य भनेको निर्दोष जनताको
सत्यताको आवाज लाइ
कसैको आड मा बन्द गर्ने
छि मलाइ त तिमि संग मित्रताको सम्बन्ध
गास्न पनि डर हैन घृणा जागेर आउछ
किनकी तिमि परेउ एक डरपोक काएर धारिलो हतियार
तयसैले होला तिम्रो र मेरो बीच एकै रत्ति पनि मेलमिलाप छैन

म त सधै सत्यताको बाटो हिड्छु
तिमि त साथै यहाँ झुतोलाई अंगाली
हिन्ग्सा र हत्यालाई प्यारो ठान्छौ
बुझेर र पनि अनबुझ बनि तिमि
डरपोक बनि यहाँ कसैको सहर मा
अर्थात कसैको आडमा निर्दोस लाइ
बिर सहिद को उपनाम दिन्छौ?

के यहि हो त तिम्रो मेरो अस्लिल सम्बन्ध?
जहाँ तिमि र म मा एकै रत्ति पनि मेल मिलाप छैन हामि दुइ बीच
म त सधै सत्यलाई अन्गाल्छु
सत्य लाइ जनता सामु पोख्छु
तर तिमि त यहाँ बिना उदेस्य
लाचार बनि निर्दोस चेलीको सिन्दुर संगै
उनको बाल बच्चाले पाउने अधिकार लुटी
निर्दोस चेलीको अवला अनि अस्मिता माथि खेलवाड गर्छौ
हेई मुर्ख हतियार के यहि हो त तिम्रो मेरो अस्लिल सम्बन्ध?
जहाँ एक रत्ति पनि तिमि र म मा मेल मिलाप छैन……………..

हे मुर्ख धारिलो हतियार
हिम्मत छ त औ मिलाउ हात
लाग मेरो पछी देखाऊ तिम्रो पौरख
जसरि हाम्रो पुर्खाको पालामा
देखाएको हतियार ले झै गरि
जित जनताको मन विश्वास
अनि यदि तिमीलाई रगत बगाउने नै सोख छ भने
बगाउ तिनको रगत रेट तिनको घाटी
जस्ले यो देश बिगार्नु खोजिरहेछ
पर तिनलाई टुक्रै टुक्रा
जस्ले यहाँ जनताको गास बश कपाश खोसेर को छ
के सक्छौ यदि सक्छौ भने तिमि नडराउ कोहि संग
अर्थात यदि सत्यताको कलम लाइ अंगालेर
तिमीले जनता को निम्ति ज्यान दिन्छौ भने
म छु तिम्रो साथ हर पल हर क्ष्यण अनि
यदि तिमीले सत्यताको बाटो रोज्दा
तिमीलाई कसैले काएर बनेर तिमि प्रति क्रुर व्यवहार गरि
पछी बाट गोलि र बारुद को सहारा लिई घायल बनाउन खोजे
नडराउ तिमि किनकी म छु तिम्रो साथ
अर्थात उतिबेला म बन्ने छु तिम्रो निम्ति त्यो
गोलि र बारुद लाइ छेक्ने तिम्रो सुरक्ष्या को ढाल

के सक्छौ ?? मैले हैन यो
जनताले मागेको पुरा गर्न ?? हा हा हा हा
अह सक्दैनौ मलाइ पुरा बिस्वास छ
तिमि मा छैन त्यो जोश जुन हाम्रो पुर्खाको पालामा
भीमसेन थापाले चलाएको हतियार मा भएको जोश
त्यसैले होला हे मेरा सत्यवादी जनता तिम्रो साथ चाहिएको छ
दिन्छौ हैन त साथ ?
किनकि मलाइ त्यो हतियार उद्याउन मन लागेको छ
जुन भीमसेन थापाको पालामा नउद्याएको खुकुरी लाइ फेरी
जनताको हक हित को लागिनै उद्याउन मन छ हर क्षण हर पल सधै सधै भरिलाई……………..

(स्रोत : कविता कुसुम)

This entry was posted in कविता and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.