गजल : चाहना मन पर्‍यो !

~दयामोहन आचार्य~dayamohan-acharya

विलासी तेरो चाहना मन पर्‍यो !
जनतालाई ढाँट्ने बहाना मन पर्‍यो !!

पढ्न त कति कक्षा पढिस् कुन्नी !
हुनेनहुने कोरेका ती पाना मन पर्‍यो !!

मिठो मानेरै खान्थिस् आटोपिठो पहिले !
अहिले त होटलको दाना मन पर्‍यो !!

भोटो लाउँदै उफ्रन्थिस् मजाले त !
अहिले ती महंगा नाना मन पर्‍यो !!

तेरो झुप्रोलाई म्युजियम बनाउने रे !
तर तँलाई महलको छाना मन पर्‍यो !!

खोक्छस् देशलाई सिंगापुर बनाउँछु भन्दै!
मलाई तेरो यही गाना मन पर्‍यो !!

(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.