गजल : चढाएर एउटा फूल ढुङ्गामा

~रेनुका पौडेल “आहत”~Renuka Paudel 'Ahat'

चढाएर एउटा फूल ढुङ्गामा
नगर तिमिले कबुल ढुङ्गामा ।

सधै गर्छौ आराधना शिवजिको,
बोकेर त्यो आस्था त्रिशुल ढुङ्गामा ।

जब माया भित्र ससांर देखिन्छ,
फुट्छ अाफ्नै मायाको मूल ढुङ्गामा ।

सधैँ भरी प्रिय साथ माग्नलार्इ
तिम्लाइ खोज्नु गरें भुल ढुङ्गामा ।

मायाको स्पर्शले मन्द छोइएर ,
नसोध तिम्ले जात, कुल ढुङ्गामा ।।

रेनुका पौडेल “आहत”
रत्ननगर– १८ ,सौराहा
चितवन,नेपाल

(स्रोत : ल्लव साहित्य प्रतिष्ठान )

This entry was posted in गजल and tagged . Bookmark the permalink.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.