~आशा खनाल~
उु टक्क एक अडमा उभीरहेको छ
यता उता अगाडि पछाडि वरपर
आउनेजाने क्रम चलिरहेको छ……
मारुति सुजुकी कारमा,
कोट पाइन्ट अनी काला जुत्ता टल्काउदै
महाशयको सवार होइसिन्छ
तर उु ठिङ पहाड जस्तै उभिएको छ….
महाशयको चर्को भाषण अनी
दर्शकको प्याट्प्याट ताली
सभाको अन्त्य हुन्छ
महाशयको प्रोमोशन हुन्छ
तर दर्शक सधैंको दर्शक बन्छ……
दर्शक राजनितिको नाममा
चिथोरिएको छ ,घोचिएको छ ,पोलिएको छ
मन्चमा दर्शक,विध्यार्थी हुन्छ
अनी महाशय ,नेता ज्यु हुनुहुन्छ
नेता :खोलापारी अनी
दर्शक खोलावारी
एउटा पुल बनाइएको छ
तर अली विशेष किसिमको
त्यो पुल नेताले मात्र तर्न मिल्ने अरे !
नेता,जन्मिदै नेता भए जस्तो
अनी दर्शक सधैंको विध्यार्थी,सधैंको युवा
त्यसैले त्यो राजनितिक मन्च खाली हुँदै छ
राजनिती र विध्यार्थीको सम्बन्ध फिका बन्दै छ….
मोजमस्ती गर्नेलाई सधैं मोजमस्ती गर्नु पर्ने
ठगहरुलाई सधैं ठग्नुपर्ने अनी
ठगीएकाहरुलाई सधैं ठगिनु पर्ने..
लौ त्यो मन्चमा
राजनितीको इज्जत देखियन
देखियो त केवल,फोहोरी खेल
अनी भ्र्ष्ट राजनिती
उही पुरानै परम्परा,पुरानै संस्कार
अनी पुरानै संरचना….
अह,राजनितिमा परिवर्तन देखिएन,
राजनीति मा संघर्ष देखिएन
हो त्यसैले उु टक्क उभिएको छ
यता न उता,हातमा जुत्ता भनेजस्तै
त्यो राजनितिक रङ्गमन्चमा…….
आशा खनाल
पुल्चोक ईन्जिनियरिङ क्याम्पस
ललितपुर
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )