~दयामोहन आचार्य~
विलासी तेरो चाहना मन पर्यो !
जनतालाई ढाँट्ने बहाना मन पर्यो !!
पढ्न त कति कक्षा पढिस् कुन्नी !
हुनेनहुने कोरेका ती पाना मन पर्यो !!
मिठो मानेरै खान्थिस् आटोपिठो पहिले !
अहिले त होटलको दाना मन पर्यो !!
भोटो लाउँदै उफ्रन्थिस् मजाले त !
अहिले ती महंगा नाना मन पर्यो !!
तेरो झुप्रोलाई म्युजियम बनाउने रे !
तर तँलाई महलको छाना मन पर्यो !!
खोक्छस् देशलाई सिंगापुर बनाउँछु भन्दै!
मलाई तेरो यही गाना मन पर्यो !!
(स्रोत : रचनाकार स्वयंले ‘नयाँ रचना पठाउनुहोस्‘ बाट पठाईएको । )