~बाबुलाल बुढा मगर~
भन्छन यहाँ
समय बदलियो
दिन बदलियो
रात बदलियो
युग बदलियो
अहँ
मलाई बिश्वास लाग्दैन
यहाँ न समय बदलिएको छ
न दिन बदलिएको छ
न त रात बदलिएको छ
न त युग नै बदलिएको छ
केबल यहाँ
समय संगै
मान्छेको उमेर बदलिएको छ
मान्छेको स्वभाव बदलिएको छ
उसको बिचार बदलिएको छ
समय त उहीँ ठाउँमा घुमिरहेको छ
सुर्य उहीँ ठाउँबाट झुल्की रहेछ
जुन उहीँ ठाउबाट दौडिरहेको छ
उहीँ ठाउँमा चम्किरहेका छन तारा
भन्दैछन यहाँ
जुन बदलिएको छ
सुर्य बदलिएको छ
अनि आकाशका तारा बदलिएको छ
हैन हैन त्यो कडापी हैन
यहाँ उहीँ रात छ
उहीँ घाम छ उहीँ तारा छन
उहीँ डाँडा उहीँ पाखा छन
उस्तै छ बिहानी
भरे सांझमा आउने रात उहीँ हुन्छ
जुन आकाशको बाटो भएर गएका छन आज
भोलि यहि बाटो भएर फर्केर आउछन
आ आफ्नै जिम्मेवारी प्रतिबोध छन
हेर कति इमानदार छन ?
ती आकाशका ताराहरु
र कति बफादार छन ?
प्यारो सुर्य र चन्द्र पनि
बिहान साँझ पालैपालो गरि
हाम्रो निम्ति सुरक्षामा तैनाथ छन
कति दयालु छ्न
हामी नेत्रबिहिन मनुष्यलाई ज्योति
प्रदान गरिरहेका छन
र पनि गाली गरिरहेका छौ किन ?
त्यही सुर्य,चन्द्र र तारालाई
त्यसैले त म भन्दैछु
यहाँ त बदलिएको छ केबल
मान्छेको मन अनि मान्छेको तन
उसका सारा दिमाग
मान्छे मान्छेमा गर्ने अहम
सधै फरक फरक देख्ने उसको दृष्टि
अनि कहिल्यै न अघाउने उसको लोभी बिचार ।
त्यसैले त यो मनुष्यको जात
अघाउदैन कहिल्यै
जति लामो आयु थपिदिए पनि
उसको लागि सधै कम हुन्छ ।।।
बाबुलाल बुढा मगर
३/२०७२ असौज
(स्रोत : बिश्व नेपाली साहित्य महासंघ शाखा साउदी अरब – फेसबुक पेज)