~शेर्पीनी कान्छी ‘निम’~
आज भोलि झुटको खेती माया देखिन्छ
आफ्नै मन मुटु सस्तै दाममा बेचिन्छ।।
तेरो मेरो भन्दा भन्दै जीवन रीतिन्छ
मरे पछि चार गजको कफन बेरिन्छ।।
प्रेम बारे ठुला ठुला किताब पढीयो
इतिहासमा अघुरो कहानी लेखिन्छ।।
नसुन्नु है भन्छु म त बिरहको गीत
सारङगी धुनले त कलेजी नै रेटिन्छ।।
दुखी रहन्छ घाउ तिमी हास भन्छौ
मायाको गाऊ हेरे बादलुले छेकिन्छ।।
-दोलखा, चरिकोट, नेपाल
(स्रोत : रचनाकारको फेसबुकबाट सभार)