~खगेन्द्र पराजुली ‘शून्य’~
तिम्रो लागि जूनतारा नि झार्छु भन्नेले
जस्तोसुकै बाजी पनि मार्छु भन्नेले
चटक्कै माया मार्यो बिर्स्यो भुसुक्कै
तिम्रै छेउमा आफ्नो डेरा सार्छु भन्नेले
१
असरल्ल कपाल फिंजाएर आयौ
किन कुन्नी नयन भिजाएर आयौ
धेरै-धेरै कोमल लाग्थ्यो त्रि्रो आगमन
तर आज का”डासरी बिझाएर आयौ
२
खाली सिउ”दो सिन्दूरले भरिएको देखें
यज्ञकुण्डभित्र मुटु खरिएको देखें
बाचा कसम कुल्चिएर टाढा जानेको
हा”सो खुशी चारैतिर छरिएको देखें
३
अङ्गालोमा बा”धिएर स”गै जीउने भन्थ्यौ
दुःख पर्दा आ”शु पनि स”गै पिउने भन्थ्यौ
कति चा”डै भूल्न सक्यौ बाचा कसमहरु
माया फाटे जिन्दगीमा स”गै सिउने भन्थ्यौ
४
चर्किएको छाती आज सिउन मन लाग्यो
तिम्रो नाममा अलिकति पिउन मन लाग्यो
मर्न भनी बिष पिएँ पूरै बोतल आज
छट्पटाउँदै ढलेपछि जिउन मन लाग्यो
५
भावनाका कुरा गर्दा रुने तिमी नै हौ
मुस्कानको तीरले मुटु छुने तिमी नै हौ
बजारभरि बदनामको हल्ला फिंजाएर
झूठो आरोप लगाई हिड्ने, सुने तिमी नै हौ
६
मुस्कुराउछौ मात्रै किन – खित्का छोडी हा”से हुन्छ
म रोएको बेला तिमी कम्मर मर्काई नाचे हुन्छ
नजानु त गइसक्यौ फेरि किन आनाकानी
पराइ हु” म मुटुभरि अरुलाई नै सा”चे हुन्छ
७
मरेर बा”च्ने चाहनामा बा”चेर मरेको छु
आफ्नै आ”शुको जंघार म धरै तरेको छु
भाला रोपी मुटुभित्र जाने तिमीलाई
सम्भिmएर सा”झ-बिहान रुने गरेको छु
८
मनका कुरा तिमीलाई भन्न मन लागेको छ
माया रोप्न दिलको बारी खन्न मन लागेको छ
साहाराको खोजी गर्ने फुच्ची त्रि्रा हातहरु
किन-किन आज मलाई थाम्न मन लागेको छ
९
आज फेरि यो मन दुखायौ नि काली
पिरतीको बन्धन फुकायौ नि काली
मुटु दुख्दा झर्ने आ”शु रित्तिसकेछ
तिमीले नै आ”खा सुकायौ नि काली
१०
तिमीस”ग बस्दा जीवन अझै बा”चू” जस्तो लाग्छ
हावालाई नै संगीत सम्झी नाचु” नाचु” जस्तो लाग्छ
स”गै जीउन पाए त नि मेरी जिन्दगानी,
दुःखलाई नै सुख सम्झी हा”सु”-हा”सु” जस्तो लाग्न
११
तिमी कहा” म कहा”को खै कसरी भेट भयो
माया सामु सोल्टिनीको साइनो पनि चेट भयो
तिमीलाई माग्न कोही त्रि्रो घरमा आयो भने
जवाफ यही दिनु उसलाई “अलिकति ‘लेट’ भयो ।”
१२
छातीभित्र आगो बालेर गयौ
मुटुको ‘भल्व’ नै टालेर गयौ
मायाका सारा सहीछापहरु
मेरै आ”शुले पखालेर गयौ
१३
घुमिरहने पृथ्वीलाई रोक्न कहा” सकिन्छ र
निधारमा लात हान्नेलाई ढोग्न कहा” सकिन्छ र
व्यथै-व्यथा धेरै भयो छातीभरि आज
अझै पीडा थप्छु भन्छ्यौ बोक्न कहा” सकिन्छ र
१४
वनमा हैन न्याउली चरी मनमा रुन्छ आजभोलि
तिमीलाई जस्तो मलाई पनि त्यस्तै हुन्छ आजभोलि
निष्ठुरीले माया मार्यो बिर्स्यो नभन्नू है सानु
समय नै ‘खुशी’ खोस्ने जाल बुन्छ आजभोलि
१५
01/21/2007
(स्रोत : रचनाकारको ब्लगबाट सभार)